कोरियाले पुनःसामाजिक दुरी कडा पार्यो , ४ जना भन्दा धेरै भेला हुन नपाइने
- by siddhartha@post
- 3 years ago
- 0 comments

किशन गोतम/सिओल
दक्षिण कोरियाले नयाँ बर्ष सलनाललाई मध्येनजर गर्दै आगामी २ हप्ताको लागि कडा सामाजिक दुरीको नियम थप गरेको छ l
प्रधानमन्त्री चुंग से- क्यूनका अनुसार सरकारले सलनालको समयमा हुन सक्ने भिडभाड बाट कोभिड१९ को प्रकोप थप फैलिन सक्ने भन्दै राजधानी सियोलमा २.५ लेबल तथा राजधानी बाहिरका क्षेत्रमा २ लेबलको सामाजिक दुरीलाइ थप कडा पार्ने भएको हो l
उक्त नियमानुसार बिसेष गरि सार्बजनिक स्थलहरुमा ४ जना भन्दा धेरै मानिसहरु एकै ठाउमा भेला हुन पाइने छैन l बाहिर हिड्दा अनिबार्य मास्कको प्रयोग गर्नुपर्नेछ भने होटेल तथा रेस्टुरेन्टहरुमा साझ ९ बजेपछि खाना खाना पाइने छैन l त्यसैगरी डिस्को ,क्लबहरु समेत बन्द रहनेछन् l
प्रधानमन्त्री चुंग से- क्यूनले एक प्रेस ब्रिफिंङ्मा बोल्दै भने “कडा सामाजिक दुरीका कारण साना तथा मझौला कम्पनीहरुलाई पर्न गएको मार ;प्रति हामी क्षमाप्रार्थी छौ l तर महामारीको बेला सरकारलाई सहयोग गर्नु सबै नागरिकको कर्तब्य पनि हो l ”
कोरिया रोग नियन्त्रण तथा रोकथाम बिभागका अनुसार दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या ३ देखि ४ सयको हाराहारीमा छ l नयाँ संक्रमित थपिनेमा अन्य क्षेत्रको तुलनामा राजधानी तथा आसपासका क्षेत्रहरुमा बढी छ l
सरकारले सलनाल लगत्तै पहिलो चरणको कोभिड-१९ खोप कार्यक्रम शुरु गर्ने तयारि गरेको छ l पहिलो पहिलो डोज फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मिहरुले प्राप्त गर्ने छन lहेल्लो नेपाल कोरिया डटकम बाट