दक्षिण कोरियामा भारी हिमपात हुँदै,सचेत रहन आग्रह !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सिओल
बुधवार साँझ सउल र त्यस आसपासका क्षेत्रमा भारी हिमपात हुने कुरा सउलको मौषम अनुमान शाखाले बताएको छ। आज एक सूचना जारी गर्दै सो कुरा बताएको हो।
राजधानी सउल र ख्यङ्गीदो प्रदेशको पश्चिमी क्षेत्रमा ३ देखि १० सेन्टिमिटरसम्म हिँउ पर्ने अनुमान गरिएको छ। त्यसैगरी ख्यङ्गीदोको पूर्बिय क्षेत्र तथा खाङ्वन प्रदेशका केहि क्षेत्रहरुमा १५ सेन्टिमिटरसम्म हिँउ पर्ने कोरिया मौषम पूर्वानुमान शाखाले जनाएको छ।
देशको दक्षिणी भूभाग खासगरी छुङछनबोक्दो तथा छुङछन नाम्दो प्रदेश अनि पश्चिमी भूभाग ख्यङसाङ प्रदेशमा पनि ५ सन्टिमिटरसम्मको हिँउ पर्ने अनुमान गरिएको छ।
हिँउ परेपनि यि क्षेत्रहरुमा तापक्रम भने धेरै तल नझर्ने बताइएको छ। तातो हावा प्रवाह हुने भएकाले तापक्रम धेरै तल नझर्ने बताइएको छ। कोरियाको मौषम पूर्वानुमान शाखाले वताएअनुसार देशको केन्द्रिय भूभाग तथा उत्तरी क्षेत्रमा दिउँसोतिर केहि मात्रामा चिसो हावा वहने बताएको छ।eps sathi