
सोल
कोरोना भाइरस तथा मानिसहरुमा मधिरापानको शैलीमा आएको परिवर्तनका कारण अन्य देशहरुबाट हुने गरेको ह्वीस्की आयात सन् २०२० मा निकै घटेको छ ।
हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ह्वीस्कीको आयात विगत २१ बर्ष यताकै न्युन रहेको छ ।गत बर्ष दक्षिण कोरियामा १३१.५ मिलियन अमेरिकी डलर बराबरको ह्वीस्की आयात गरिएको थियो जुन अघिल्लो बर्षको तुलनामा १३ प्रतिशत भन्दा बढीले कम हो ।
तथ्याङ्क अनुसार यस अघिको सर्वाधिक न्युन आयात सन् १९९९ मा भएको थियो । उक्त बर्ष जम्मा ११५.९ मिलियन अमेरिकी डलर बराबरको मात्र ह्वीस्की आयात गरिएको थियो ।
गत बर्ष कोरोना भाइरसका कारण लगाइएको सामाजिक दुरी नियमका कारण स्थानीय बारहरुमा मानिसहरुको चहलपहल कम भएका कारण विक्रीमा कमी आएको आँकलन गरिएको छ ।
त्यसै गरि सरकारले सन् २०१६ बाट लागु गरेको हप्तामा ५२ घण्टा काम गर्नुपर्ने नियमका कारण समेत उक्त असर परेको हुनसक्ने आँकलन गरिएको छ ।
पछिल्ला समयमा स्थानीय ह्वीस्कीहरुको प्रयोग बढेको, कोरोना भाइरसका कारण मानिसहरुको आयस्तर घटेको स्वास्थ्प प्रतिको सचेतना बढेको लगायतका अन्य कारणहरुले समेत ह्वीस्कीको आयात कम भएको उक्त अध्ययनको निश्कर्ष रहेको छ ।