कोरिया खबर

कोरियामा फेरि बढ्न थाल्यो कोरोना, बुधबार ६ दिन यताकै उच्च संक्रमण

सिओल

दक्षिण कोरियामा स्वास्थ क्षेत्रका विज्ञहरुले जारी नयाँ बर्षमा विशेष सतर्कता अपनाउन आग्रह गर्दा गर्दै दैनिक नयाँ कोरोना संक्रमितको संख्या बुधबार बढेको छ।

देशका विभिन्न क्षेत्रमा सामूहिक रुपमा संक्रमण पुष्टि भएपछि यो संख्या बढेको हो। कोरियाको नयाँ बर्ष सलनालमा पारिवारीक जमघट नगर्न त्यहाँका स्वास्थ क्षेत्रका विज्ञहरुले सुझाब दिएका छन्।

बुधबार कोरियामा थप ४४४ जना नयाँ संक्रमित थपिएका छन् जसमा ४१४ जना स्थानिय संक्रमित हुन भने बाँकी बिदेश बाट आउनेहरुमा पुष्टि भएको कोरोना संक्रमण हो।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार बुधबारको ४४४ जना सहित कोरियामा कुल कोरोना संक्रमितहरुको संख्या ८१ हजार ९ सय ३० पुगेको छ।

बुधवारको संक्रमण संख्या फेब्रुअरी ४ तारिखपछिकै सबैभन्दा धेरै हो। उक्त दिन संक्रमितहरुको संख्या ४५१ रहेको थियो। बुधबारको संख्या अघिल्लो दिन मंगलबार र त्यो भन्दा अघिल्लो दिन सोमबारभन्दा बढि हो। मंगलबार कोरियामा ३७१ जनामा कोरोना संक्रमित देखिएको थियो भने सोमबार यो संख्या २८९ मात्र थियो।

सोमबारको संख्या गत नोभेम्बर २३ यताकै सबैभन्दा कम हो। बुधबार कोरियामा थप ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। यो सँगै कुल ज्यान जानेहरुको संख्या १ हजार ४ सय ८६ पुगेको छ।

गत महिनाबाट दैनिक संक्रमित संख्या ३०० देखि ४०० को हाराहारीमा थियो। क्रिश्चियन मिशनरी ग्रुपले सन्चालन गरेका अबैधानिक स्कुलहरुमा सामूहिक संक्रमण पुष्टि भएपछि कोरियामा संक्रमितको संख्या बढेको थियो। खासगरि कोरियाको दक्षिण पश्चित तथा मध्य क्षेत्रमा यस्ता स्कुलहरु सन्चालनमा छन्। eps sathi

Author Since: Dec 06, 2019

Related Post