कोरियामा एक महिनामा १० लाखले रोजगारी गुमाए ,२३ बर्ष पछिको सबैभन्दा धेरै
- by siddhartha@post
- 3 years ago
- 0 comments

किशन गौतम/सियोल
दक्षिण कोरियामा गएको जनवरीमा रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ l
गत डिसेम्बर देखि फैलिएको तेस्रो लहरको कोभिड १९ का कारण पछिल्लो समय रोजगारि गुमाउनेको संख्या बढ्न थालेको हो l
बुधबार प्रकाशित एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै करिब १० लाख रोजगारी कटौती भएको छ l यो पटक बेरोजगार हुनेको संख्या १९९८ भएको एसियन वित्तीय संकट पछिको पहिलो हो l
कोभिड१९ का कारण सरकारले पारेको कडा सामाजिक दुरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीहरुमा काम गर्ने कामदार सबैभन्दा बढी छन् l
त्यसैगरी होटेल रेस्टुरेन्ट , तथा अन्य मनोरन्जन स्थलहरुमा काम गर्ने अधिकांस कामदारले रोजगारी गुमाएका छन् l
महामारीकै कारण हाल सम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ l हाल सम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या ८ लाख ९८ हजार छ भने पार्ट टाइम काम गर्ने ५ लाख ६३ हजारले रोजगारी गुमाएका छन् l
त्यसैगरी दैनिक ज्यालादारी काम गर्ने २ लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वोरोजगार १ लाख ५८ हजारले रोजगारी गुमाएका छन lहेनेको संवाददाता