कोरियामा अवैधानिक विदेशी महिलाले बच्चा जन्माएमा बैधानिक सरह मान्यता पाउने !
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
दक्षिण कोरिया सरकारले अबैधानिक बिदेशी कामदारवाट जन्मिएको बच्चालाई बैधानिक रुपमा दर्ता गर्ने तयारि गरेको छ l
कोरिया भित्र जन्मिएको कुनै पनि बच्चा बाल अधिकार तथा सरकारी सुबिधा बाट बन्चित नहोस भन्ने उदेश्यले सो नियम ल्याउने तयारि गरेको कानुन मन्त्रालयले बताएको छ l
उक्त नियमको लागी कानुन मन्त्री पार्क बेओम-क ले अनलाइन बैठक मार्फत विज्ञहरुसंग छलफल गरेको योंघापले जनाएको छ l” हामीलाई आसा छ उक्त कानुनले बाल अधिकारको हनन , बच्चा बेचबिखन तथा बच्चाको मानवाधिकारको रक्षा गर्ने छ साथै उनीहरुले अनिबार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन् पाउने छन् ” l मन्त्री पार्कले भने l
उक्त नियम पूर्ण रुपले लागु भैसकेपछि यदि कोरियामा बच्चा जन्माए अबैधानिक बस्ने कामदारले पनि बैधानिकता प्राप्त गर्नेछन भने जन्मिएको बच्चाले बिमा लगाएत अन्य सरकारी तथा सामाजिक सुविधाहरु प्राप्त गर्ने छन् l
हाल सम्म कोरियामा अबैधानिक बस्ने तथा कोरियन संग बिहे गरि आएर पारपाचुके गरि अबैधानिक बिदेशी संग पुनः बिहे गर्ने महिला बाट जन्मिएको बच्चाले कानुनि मान्यता प्राप्त नगर्ने ब्याबस्था थियो l
कोरियामा हाल सम्म यस्तै तबरले जन्मिएर दर्ता नभएका करिब २० हजार बच्चा रहेको अनुमान छ lहेनेको संवाददाता