दक्षिण कोरियाली कम्पनी सामसङले यो हप्ता कोरियामा ग्यालेक्सी ए-४२ लन्च गर्दै
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
सामसङ इलोक्ट्रोनिक्स कम्पनी ले दक्षिण कोरियामा नयाँ बजेट ५ जि फोन यसै हप्ता लन्च गर्ने भएको छ। कम्पनीले सोमबार जानकारी दिएअनुसार यो हप्ता कोरियामा आफ्नो घरेलु बर्चस्व कायम राख्न नयाँ बजेट फोन ल्याउन लागेको हो।
सामसङ कम्पनीका अनुसार ग्यालेक्सी ए-४२ फोन ५ जि टेक्नोलोजी भएको तथा यो फोन कोरियामा यहि शुक्रबार लन्च गरिने भएको छ। यसको मूल्य ४ लाख ४९ हजार ९०० कोरियन वन राखिएको छ। यो मूल्य कोरियामा बिक्री भइरहेका ५ जि फोनहरुमध्येकै सबैभन्दा सस्तो रहेको कम्पनीको दाबि छ।
यो ग्यालेक्सी ए-४२ ५ जि फोन युरोप र दक्षिण पूर्वि एसियाका केहि देशहरुमा यस अघि नै रिलिज भैसकेको छ। गत बर्ष नै ति देशहरुमा यो फोन आइसकेको हो।
यो फोनमा ६.६ इन्चको डिस्प्ले रहने तथा क्वाड क्यामेरा जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ। यसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, ५ मेगापिक्सेलको डेप्थ सेन्सर तथा ५ मेगापिक्सेलकै म्याक्रो क्यामेरा पनि रहनेछ। यो फोनको अगाडिपट्टी २० मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ।
यो फोनमा ५ हजार मिलियम्प आवरको पावरफुल ब्याट्री हुने तथा ४ जिबीको र्याम र १२८ जिबीको आन्तरिक स्टोरेज हुनेछ। यस फोनमा माइक्रो एसडी कार्ड राखि स्टोरेज १ टेराबाइटसम्म बढाउन सकिनेछ।
बजार रिसर्चरहरुका अनुसार दक्षिण कोरियाको स्मार्टफोन बजारमा सामसङको हिस्सा प्रमुख रहेको छ। गत बर्ष कोरियाको स्मार्टफोन बजारमा सामसङको ६५ प्रतिशत हिस्सा रहेको थियो। सामसङपछि एप्पलको २० प्रतिशत तथा एलजीको १३ प्रतिशत बजार हिस्सा रहेको थियो।
विश्व स्मार्टफोन बजारमा अहिले अमेरिकाको प्र’तिव’न्धको कारण हुवायेले आफ्नो बर्चस्व बढाउन नसकिरहेको अवस्थामा सामसङले सस्ता बजेट ५ जि फोनहरु बजारमा ल्याइ बिश्व बजारमा आफ्नो हिस्सा बढाउन खोजिरहेको छ। सन २०२० मा विश्व वजारमा आफ्नो स्थान अगाडी राख्न सफल भएपनि यसको विश्व बजारमा हिस्सा २० प्रतिशतबाट १९ मा झरेको थियो भने २९६.८ मिलियन फोन बिक्रीबाट घटेर २५५.७ मिलियनमा झरेको थियो।
त्यसैगरी कोरियाली स्मार्टफोन कम्पनी सामसङले यहि बर्ष ५ जि टेक्नोलोजी सपोर्ट गर्ने ग्यालेक्सी ए सिरिजका ए-३२, ए-५२ तथा ए-७२ फोनहरु बजारमा ल्याउने योजना बनाएको छ। Eps Sathi