
उपेन्द्र ढुङ्गाना
समाजसेवा भनेकै मागेर गर्ने हो एक्लैले गर्नेत दान भैहाल्योनी । आफ्नो जिबनकालमा एकजनाकोमात्र पेट भर्नुलाइ समाजसेवा भनिंदैन , आफू बांचुन्जेल एक जनाकोमात्र उपचार गर्दिनुलाइ समाजसेवा भनिंदैन , सार्बजनिक ठाउंमा एउटा चौतारोमात्र बनाउनुलाइ समाजसेवा भनिंदैन ।
यिनिहरुत केबल समाजसेवाको एउटा सानो अंशमात्र हो । समाजसेवा त्यो हो जसले समाजलाइ प्रत्यक्ष रुपमा फाइदा पुरायको हुन्छ । आफुलाइ समाजसेबिको रुपमा स्थापित गर्नको लागी समाजको हितको निम्ति निरन्तर सक्रीय भयर लागिरहन सक्नुपर्छ । सक्रीय हुँदै जाने क्रममा पैसाको आबश्यकतापनी पर्छ जसको जोहो गर्न एक्लैलाइ मुश्किलनै पर्छ ।
समाजसेविको भुमिकामा अगाडि जो देखिनु भयतापनि उहांहरुलाइ सहयोग गर्ने सबै समाजसेबिनै हुनुहुन्छ । कुनैपनी काम सफल पार्नको लागि एकजना असल लिडरको आबश्यक पर्छ र लिडरलाइ सफल बनाउनको निम्ति इमान्दार सदस्यहरुको खांचो पर्छ ।
समाजसेविपनी त्यही लिडरमात्र हो र यो स्वभाबिकपनी छ हरेक क्षेत्रमा नाम उसकै लिइन्छ जो अग्रपंतिमा छ । सबैको नाम लिइरहनत संभबपनी हुंदैननी यदि संभब हुन्छ भने भन्नुस हिटलरको सेनाहरुको नाम ? भन्नुस हाम्रो प्रधानमन्त्रीको मन्त्रीमण्डलमा रहेका सबै मन्त्रीहरुको नाम ? भन्नुस जनआन्दोलनमा सहभागी हुनेहरुको नाम ? संभब छ ?
प्रशस्त सम्पत्ती हुनेले समाजसेवा एक्लैपनि गर्न सक्छन तर सम्पत्ती नहुनेले समुहगत रुपमा रहेरपनी समाजसेवा गर्नसक्छन । समूह भयपछी त्यसको नेतृत्व एकजनालेत गर्नैपर्ने हुन्छ जो अहिलेका समाजसेबिहरुले गर्दै आउनु भयकोछ । समाजसेवा फेरि यस्तो सेवा हो जसमा जत्तिसुकै राम्रो काम गर्नुस अपजस आइनै हाल्छ । आज एकजनालाइ सहयोग गरेको थापाय भने भोलि दुइजना आइपुग्छन तपाइसंग सहयोग माग्न । भोलि दुई जनालाइ सहयोग गरेको थापाय भने पर्सि चार जना आइपुग्छन तपाइसंग सहयोग माग्न ।
एबं रितले सय , हजार हुँदै लाखौं ब्यक्तिहरुले तपाइसंग अपेक्षा राख्दछन । त्यसपछी तपाईं अरु कसैलाइ सहयोग गर्नको निम्ति फेरि अरु कसैसंग हात फैलाउन बाध्य बन्नुहुन्छ किनभने समाजसेवाको नशा लागिसकेपछी जस्तोसुकै परिस्थिती आओस पछाडी हट्न तपाइंको आत्माले मान्दैन र अगाडि बढौं तपाइंको सम्पत्तिले धान्दैन । त्यसपछी शुरु हुन्छ सहयोग बटुल्ने काम , सहयोगिहरु जुटाउने ध्यान जसलाइ तपाइंहरुको सोझो भाषामा भनिन्छ माग्ने ।
तर मागेर समाजसेवा गर्दा के को लागि माग्ने , कोसंग माग्ने , कति माग्ने भन्ने कुराले फरक पार्छ । समाजसेवा गर्दा रहरलाइ हैन आबश्यकतालाइ प्राथमिकता दिनुपर्छ र आबश्यकता मध्येपनी पहिला अति आबश्यकतालाइ प्राथमिकता दिनुपर्छ । मुख्य कुरा समाजसेवा गर्दा निस्वार्थ सेवाभाब राखेर गर्नुपर्छ । नामकै लागिमात्र गर्ने हो भनेत अपराधिको नामपनी पत्रपत्रीकामा आउँछ तर फरक पर्छ आफुले आफैलाइ चिनाउनु र अरुले तपाइंलाइ चिन्नुमा । फरक पर्छ प्रख्तात बन्नु र कुख्यात बन्नुमा ।
आजकल नेपालको समाजसेवा समुहलाइ भन्दापनी ब्यक्तिलाइ र कामको लागि भन्दापनी नामको लागि गर्दै गरेको महशुसपनि कहिंकतै नभयको हैन तरपनी मुख्य कुरो मागेर समाजसेवा गर्नेले योजना थाल्नु अघि सहयोगिहरुको राय लिनैपर्छ । आफुखुशी योजना शुरु गर्ने अनि कसैले सहयोग गरेन भनेर गनगन गर्नचाहिं मिल्दै मिल्दैन । कति ठाउंमा सहयोग गर्ने ? ककसलाइ सहयोग गर्ने ? आखिर मन हुंदाहुंदै सबै ठाउंमा सहयोग गर्नलाइ धनपनीत हुनुपर्योनि ।