कोरिया खबर

दक्षिण कोरियामा अन्डाको मुल्य आकाशिने संकेत!

सिओल

दक्षिण कोरियामा यो मार्च महिना र मे महिनातिर अण्डाको मूल्य अत्याधिक बढ्ने अनुमान गरिएको छ।

कोरियामा अहिले फैलिरहेको एभियन इन्फ्लुन्जा नामक बर्ड फ्लुका कारण अण्डा उत्पादनमा निकै नै कमि आउने भएपछि मूल्य आकाशिने कोरियन सरकारको लगानी भएको ‘थिङ्क ट्याङ्क’ ले आइतबार जानकारी दिएको छ।

यो बर्षको पहिलो ३ महिनामा ठूलो साइजको १० वटा अण्डावाला क्रेटको मूल्यमा १६ सय वन देखि १८०० सय वन सम्म मूल्य बढेको पाईएको छ। गत बर्ष यो मूल्य करिब १०६९ वनदेखि ११५८ वनसम्म बढेको थियो।

गत शुक्रबारको मूल्य अनुसार ३० वटा अण्डा भएको एक क्रेटको मूल्य औषतमा ७ हजार ६ सय ३३ वन रहेको छ। यो मूल्य अघिल्लो महिनाको तुलनामा २४ प्रतिशतले कम भएतापनि गत बर्षको तुलनामा भने ४४.७ प्रतिशतले बढि हो।

चालु बर्षको पहिलो ३ महिनामा औषतमा कुखुरा फार्ममा कुखुराको संख्या गत बर्षभन्दा ८.७ प्रतिशतले घट्न गइ ६ करोड ६१ लाख रहन गएको छ। कुखुराको संख्यामा उल्लेख्य कमी आएपछी अण्डा उत्पादन घट्ने आँकलन गरिएको छ। दैनिक अण्डा उत्पादन १७.१ प्रतिशतले घट्न गइ प्रतिदिन ३ करो८ ७६ लाख मात्र हुने अनुमान गरिएको छ।

कोरियन सरकारको लगानी भएको ‘थिङ्क ट्याङ्क’ का अनुसार अण्डा उत्पादनको अवस्था जुन तथा सेप्टेम्बर महिनामा सामान्य बन्नेछ। अवस्था सामान्य बनेपछि अण्डाको मूल्यमा पनि गिरावट आउन सक्दछ।

गत जनवरी २८ तारिखमा दक्षिण कोरियाले केहि समयका लागि विदेशबाट आयात हुने अण्डामा कर हटाएको थियो। अण्डा सर्टेज हुने स्थिती नआओस तथा मूल्य अत्याधिक नबढोस भनि त्यसो गरिएको थियो।

कोरियाका स्थानिय फर्महरुलाई जुन ३० तारिखसम्म ५० हजार टन सम्म अण्डा तथा अण्डाजन्य अरु ७ प्रकारहरु आयात गर्दा कुनै शुल्क नलाग्ने ब्यवस्था गरिएको छ।ईपिएस साथी

Author Since: Dec 06, 2019

Related Post