कोरिया खबर

दक्षिण कोरियाका नेपाली विद्यार्थीलाई एनआरएनए काेरियाकाे अनुरोध

सिओल

बिगत केहि समय देखि दक्षिण कोरियामा विद्यार्थी भिषामा रही अध्यागमन कार्यालयमा पुर्व जानकारी तथा आवश्यक कानुनी प्रक्रिया पुरा नगरी अस्थायी रुपमा काम गर्ने नेपाली विद्यार्थीलाई दक्षिण काेरिया सरकारले कार्वाही गरेको खुलेको छ ।

कमिसन/ पैसाको लोभमा ब्यक्ति स्वयमको वा अन्य व्यक्तिको बैंक खाता प्रयोग गरि अवैध र गैर कानुनी रकम कारोबार गर्ने तथा अन्य ब्यक्तिको Alien Card को गलत प्रयोग गर्ने त्यस्ता नेपाली विद्यार्थी गिरफ्तार गरिएको र नेपाल समेत फिर्ता पठाएको कुरा सार्वजनिक भएको हाे।

एनआरएनए दक्षिण काेरियाले यस विषयमा नेपाली विद्यार्थी सतर्क हुन अनुरोध गरेको छ ।एनआरएनए दक्षिण काेरियाका अनुसार यस्तो घटनाले नेपाली विद्यार्थीलाई ठुलो रकम जरिवाना गरिएको र नेपाल फिर्ता समेत गरिएको बताएको छ ।

उसले एक सुचना जारि गर्दै दक्षिण काेरियामा अध्ययनरत नेपाली विद्यार्थीलाई लक्षित गर्दै एक सुचना जारि गरि आवश्यक सचेतना अपनाउनु यसै सुचना मार्फत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया (NRNA KOREA) सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

Author Since: Dec 06, 2019

Related Post