कोरियामा CU ले ल्यायो गजबको अफर, प्रतिमहिना ६,९०० वनमा ३ क्यान बि’यर
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
दक्षिण कोरियाको लोकप्रिय कन्भेनियन्स स्टोर सियुले बि’यरका पारखीहरुका लागि नयाँ अफर ल्याएको छ। अहिले कोरियामा घरमा ए क्लै बि’यर पिउने चलन बढेको महशुस गरी सियुले यस्तो अफर ल्याएको बताएको छ।
सियु कन्भेनियन्स स्टोर सञ्चालन गर्ने बिजिएफ रिटेलले कोरियाको बि’यर सस्क्रिप्सन एप डेलिसटसँग मिलेर यो योजना ल्याएको हो। यो अफर अन्तर्गत प्रतिमहिना ६ हजार ९०० कोरियन वनमा नजिकैको सियु स्टोरबाट ३ वटा कोरियाको लोकप्रिय बि’यर क्या न पाइनेछ।
बिजिएफ रिटेलका अनुसार कन्भेनियन्स स्टोरकै क्षेत्रमा कोरिया पहिलो पटक सियुले यस्तो योजना ल्याएको हो। कोरियामै सबैभन्दा बढि स्टोर सियुको रहेको छ। देशभर यसको १४ हजार ९ सय २३ वटा स्टोर रहेका छन्। यसको प्र तिष्पर्धि स्टोर जिएस २५ लाई उछिन्दै देशभर सबैभन्दा बढि स्टोर सियुको रहेको छ।
यो नयाँ अफरमा ग्राहकले डेलिसट एपबाट आफूलाई मन पर्ने कुनै ३ वटा वि’यर छनौट गर्न सक्नेछन्। डेलीसट एपबाटै सस्क्राइब गरी नजिकैको सियु स्टोरमा गइ बि’यर लिन सकिनेछ। डेलिसट सूचना प्रबिधी सम्बन्धी क्षेत्रमा काम गरिरहेको स्टार्टअप कम्पनी हो। यसले अहिले कोरियामा स्थानिय प’ब तथा बा’रहरुसँग मिलेर मासिक सस्क्रिप्सन अफरहरु ल्याइरहेको छ।
को’रोना भा’इरस म’हामा’रिका कारण अहिले मानिसहरु स मूहमा भेला भइ र’क्सी पिउने चलनबाट घरमा ए’क्लै बसेर पिउ ने चलन बढेर गएको छ। सियु स्टोरबाट र’क्सिजन्य प’दार्थको बिक्री पनि उल्लेख्य बढेको पाइएको छ। यहि मार्च १ देखि १६ तारिखसम्ममा कोरियाका सियु स्टोरमा अघिल्लो बर्षको तुलनामा र’क्सि बिक्री ३५.९ प्रतिशतले बृध्दि भएको पाइएको छ।
सियुले भनेको छ अहिले नयाँ ल्याइएको अफर खासगरी २० देखि ४० बर्षसम्मका ग्राहकहरुका लागि हो। डेलिसट एपका ७० प्रतिशत प्रयोगकर्ता २० देखि ३५ बर्ष उमेरका रहेका छन्।ईपिएस साथीबाट