कोरिया खबर

दक्षिण कोरियाले जरुरी भिसा मात्र उपलब्ध गराउने

सिओल

नेपालस्थित दक्षिण कोरियाली दूतावासले अत्यावश्यक बाहेकका भिसा जारी नगर्ने जनाएको छ ।

दूतावासले विहिबार विज्ञप्ती जारी गर्दैैै कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्थालाई ख्याल गर्दै कुटनीतिक नियोग, सरकारी कार्यक्रम र अत्यावश्यक व्यवसायिक क्रियाकलापको भिसा मात्र जारी गर्ने जनाएको छ ।

दूतावासले अप्रिल १ तारिखभन्दा अगाडि अत्यन्त जरुरी प्रवेशाज्ञाको लागि आवेदन दिन भनेको छ । लामो समयका लागि वैवाहिक र अध्ययन भिसा भने जारी हुने भएको छ ।

वैवाहिक बाहेक अन्य भिसा आवेदन अनलाइनबाट मात्र लिइने समेत दूतावासले जनाएको छ ।

भिसा आवेदनका लागि भने मार्च ३१ तारिखबाट बुकिङ सुरु हुने जनाइएको छ ।

Author Since: Dec 06, 2019

Related Post