कोरिया खबर

कोरियामा जुलाई १ बाट नयाँ नियम लागु हुने (पुरा हेर्नुहोस)

सिओल

दक्षिण कोरियाको न्याय मन्त्रालयले यहि जुलाई १ तारिखबाट लागू हुने गरि नयाँ नि’यम ल्याएको छ। नयाँ नि’यमअनुसार अब कोरियाले कुनै पनि विदेशी नागरिकलाई भिजा अनुमति दिँदा पासपोर्टको म्या’द हेर्ने भएको छ।

म्या’द हेरी उक्त पासपोर्टमा भएको एक्सपाय’री मिति ननाघ्ने गरि मात्र भिजा दिने भएको हो।उदाहरणका लागि यदि कुनै व्यक्तिको पासपोर्टको म्या’द अवधि २०२२ डिसेम्बर २० तारिख छ भने उक्त ब्यक्तिलाई कोरियाले अधिकतम २०२२ डिसेम्बर १९ सम्मका लागि मात्र भिजा दिन सक्नेछ।

यदि उसलाई डिसेम्बर २० भन्दा पछिसम्म कोरिया बस्ने भिजा चाहिएमा उसले अनि’वार्य रुपमा पासपोर्ट परिवर्तन गर्नुपर्ने हुन्छ।यसभन्दा अघि कोरियाले पासपोर्टको म्या’द अवधिसँग खासै मतलब नगरी भिजा दिने गरेको थियो। अर्थात पासपोर्टको एक्सपा’यरी डेटभन्दा बढि अवधिसम्मको पनि भिजा दिने गरेको थियो।

तर म्या’द सकएपछी पासपोर्ट फेर्नुपर्ने हुन्थ्यो। कोरियाले पासपोर्टको म्याद अवधि नहेरी भिजा दिँदा कोरिया रहदा बस्ता म्या’द गु’ज्रेपछि धेरैले आफ्नो पासपोर्ट रिन्यु नगरेका कारण यस्तो नि’यम ल्याउन लागिएको हो।

सन २०२० मा ९६ हजार १ सय ३० जना विदेशी नागरिकले कोरियामा म्या’द ना’घेका पासपोर्ट बोकिरहेको पाइएको छ। त्यसैगरी पासपोर्टमा आफ्नो जानकारीहरु परिवर्तन हुँदा समेत धेरैले कोरियाको इ’मिग्रेशनलाई जानकारी नै नगराउने गरेको पाइएको छ।

पासपोर्टमा केहि कुरा परिवर्तन भएमा तु’रुन्तै जानकारी गराउनुपर्ने हुन्छ। यसरी जानकारी नगराउँदा सन २०२० मा मात्रै करिब १.१ बिलियन कोरियन वन ज’रिवा ना जम्मा भएको तथ्याङ्कले देखाएको छ।

समयमै विदेशी पासपोर्ट बोक्नेहरुले आफ्नो जानकारीहरु परिवर्तन हुँदा इमिग्रे शनलाई जानकारी नगराउँदा कोरियाले विदेशीहरुको सहि तथ्याङ्क राख्न सकिरहेको छैन। तर अब पासपोर्टको म्या’द अवधि हेरि सो अवधि नना घ्ने गरि मात्र भिजा दिने नितीले यस्ता स’मस्याहरु समा’धान भएर जाने कोरियाले विश्वास लिएको छ।

तर यो नि’यम कोरियाको स्थायी वसोवास भिजा (F-5), प्रमाणित श’रणार्थी भिजा (F-2-4) तथा Huma nitarian(G-1-6) भिजामा भने लागू हुने छैन।ईपिएस साथी

Author Since: Dec 06, 2019

Related Post