अब लोट्टो जित्नेले समेत सउलमा अपार्ट किन्न नसक्ने
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
दक्षिण कोरियाको राजधानी सउलमा कोरियाकै सबैभन्दा धेरै मानिसहरु बसोबास गर्ने गर्दछन। करिब १ करोड जनसंख्या रहेको सउल मेट्रोपोलिटन क्षेत्रमा घरजग्गाको भाउ ति’ब्र गतिमा बढिरहेको छ।
अहिले यस्तो स्थिती आइपुग्यो कि अब कोरियाको प्रख्यात लोटरी चि’ठ्ठा ‘लोट्टो’ को बिजेताले समेत यो क्षेत्रमा एउटा अपार्ट किन्न सक्ने छैनन।
कोरियाको अर्थ तथा फाइनान्स मन्त्रालयका अनुसार गत बर्ष लोट्टोको प्रथम बि’जेताले औषतमा करिब १ अर्ब ७० करोड कोरियन वन जि’तेका थिए।
सन २०१० मा लोट्टो बिजेताले सउलको गाङनाममा रहेको लक्जरियस ‘Raemian Firstige’ कम्प्लेक्सको शानदार अपार्ट किन्न सक्दथे। ८५ स्क्वायर मिटर क्षेत्रफल हुने यो अपार्टलाई त्यतिबेला ९४ करोड वन मात्र पर्दथ्यो।
सन २०१६ तिर समेत लोट्टो बि’जेताले पाउने औषत १ अर्ब ५० करोड वनले सउलमा एउटा अपार्ट किन्न सकिन्थ्यो। सन २०१६ तिर सउलमा एउटा अपार्टलाई करिब १ अर्ब ३१ करोड वन पर्दथ्यो। तर गत बर्षको डिसेम्बरबाट कोरियामा घरजग्गाको भाउ आ’कासियो।
अहिले सउल क्षेत्रको एउटा अपार्टलाई करिब २ अर्ब २५ करोड वन पर्दछ। यस हिसाबले अहिले लोट्टो जि’त्नेले समेत यहाँ अपार्ट किन्नका लागि ५५ करोड वन अरु थप्नुपर्ने हुन्छ। कोरियाको सरकारले २७१ जना लोट्टो बि’जेताहरुमा गत बर्ष गरेको सर्भेमा करिब ४२ प्रतिशतले आफूले जितेको पै’सा घर तथा जग्गामा लगानी गरेको पाइएको छ।ईपिएस साथी