कोरिया खबर

कोरियाको सबैभन्दा धनि व्यक्तिमा नयाँ व्यक्ति, को हुन त उनि?

सिओल

दक्षिण कोरियाका सबैभन्दा धनि व्यक्ति को होलान? यो सबैको जि’ज्ञासाको विषय हुन सक्दछ। लि जे योङ जो सामसङ ग्रुपका चेयरम्यान लि कुन हिका एकमात्र छोरा हुन, उनि अहिले दक्षिण कोरियाका सबैभन्दा धनी व्यक्ति भएका छन। धनिहरुको सूचि प्रकाशित गर्ने ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको मे १३ ता’रिखको अपडेटमा उनि कोरियामा सबैभन्दा धनि देखिएका हुन। यसअघि यो स्थानमा औ’षधि बनाउने कम्पनि सेल्ट्रियनका चेयरम्यान सु जुङ जिन रहेका थिए।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले विश्वभरीका टप ५०० धनीहरुको सूचि निकाल्ने गर्दछ। ब्लुमबर्ग मिडियाको यो इन्डेक्स अनुसार जुनियर लिको सम्पति १२.६ विलियन अमेरिकी डलर रहेको छ। उनि संसारका धनिहरुको सूचिमा १७० औं स्थानमा रहेका छन। सामसङ ग्रुपका अफिलियट कम्पनीहरुको सेयर उनका नाममा आएपछि उनको सम्पतिमा बृ’ध्दि भएको हो। उनका नाममा सामसङ इलेक्ट्रोनिक्स, सामसङ लाइफ इन्स्योरेन्स कम्पनी, सामसङ एसडिएस जस्ता कम्पनीका सेयर उनको नाममा आएका छन। आफ्ना पिताबाट करिब ५.३ विलियन डरल बराबरको सेयर उनको नाममा आएको हो। उनको नाममा सामसङ इलेक्ट्रोनिक्सको मात्र करिब ४ ट्रिलियन वन बराबरको सेयर रहेको देखिन्छ।

कोरियाको धनिहरुको लिष्टमा लि पछि सु जङ जिन रहेका छन। सु ‍औ’षधि निर्माण गर्ने कम्पनी सेल्ट्रियनका चेयरम्यान हुन। त्यसपछि तेश्रो स्थानमा गे’म डेभलपर कम्पनी नेक्सोनका फाउण्डर किम जङ जु रहेका छन। उनिहरुको सम्पति करिब १०.४ बिलियन डलर बराबरको छ। चौथो स्थानमा किम बोम सु रहेका छन। किम काकाओ कम्पनीका चियरम्यान हुन। उनको सम्पति १०.३ बिलियन डलर रहेको छ।

यो पनि पढौं : सेल्ट्रियन कम्पनीका मालिक बने कोरियाकै सबैभन्दा धनि

मंगलबार फोर्ब्सले प्रकाशित गरेको विश्वका धनिहरुको लिष्टका अनुसार कोरियाली औ’षधि कम्पनी सेल्ट्रियनका मालिक तथा चेयरम्यान सियो जङ जिन देशकै सबैभन्दा धनिको लिस्टमा परेका छन। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले विश्वभरीका धनि मानिसहरुको ब्यापार व्यवसाय, ति कम्पनीको सेयरको मूल्य, एक्सचेन्ज रे’ट इत्यादि कुराहरुको आधारमा मानिसहरुको सम्पतिको मूल्याङ्कन गर्ने गर्दछ।

सियो जङ जिनको कूल सम्पति १४.२ बिलियन डलर रहेको बताइएको छ। उनको यो सम्पतिका आधारमा उनि विश्वको १४५ ‌‍औं धनि ब्यक्ति भएका छन। सेल्ट्रियन कम्पनीको चेयरम्यान गत बर्ष पनि कोरियाको टप ३ धनिका लिष्टमा परेका थिए। गत बर्ष उनि सामसङ कम्पनीका चेयरम्यान लि कुन हि र एनएक्ससि कम्पनीका मालिक पछि तेश्रो स्थानमा रहेका थिए।

यस बर्ष भने दोश्रो स्थानमा गत बर्ष पहिलो स्थानमा रहेका सामसङ कम्पनीका चेयरम्यान लि कुन हि रहेका छन जसको सम्पति १३.३ बिलियन डलर रहेको छ। यसपाली तेश्रो स्थानमा काकाओ कम्पनीका मालिक किम बोम सु रहेका छन। उनको कुल सम्पति ९.३ बिलियन डलर रहेको छ। सामसङ कम्पनीका भाइस चेयरम्यान लि जे योङ ८.३ बिलियन डलर सम्पति सहित चौथो स्थानमा रहेका छन।

यस बर्ष कोरियामा बिलिनियरहरुको संख्या बढेको छ। गत बर्ष कोरियामा २८ जना बिलिनियर रहेका थिए तर यस बर्ष यो संख्या बढेर ४४ पुगेको छ। धेरैजसो क्रि’प्टोकरे’न्सीमा गरेको लगानी अ’त्या’धिक ब’ढेका कारण यो लिस्टमा पर्न सफल भएका हुन। सेल्ट्रियनका मालिक तथा चेयरम्यान सियो जङ जिन भने को’रोनाका कारण औ’षधि कम्पनीको बजारमूल्य बढेपछि उनको सम्पति बढेको हो।

फोर्ब्सको लिष्टअनुसार विश्वको धनिहरुको पहिलो नम्बरमा अमेजनका मालिक जेफ बेजोस रहेका छन। उनि चार बर्षदेखि लगातार विश्वका धनिहरुको लिस्टको पहिलो नम्मरमा रहन सफल भएका छन। उनको कुल सम्पति १७७ बिलियन डलर रहेको छ। त्यसैगरी टेस्ला कम्पनीका मालिक एलन मस्क धनिहरुको लिस्टको दोश्रो नम्मरमा रहेका छन भने LVMH कम्पनिका मालिक बर्नाड अर्नल्ड १५० बिलियन डलरसहित तेश्रो स्थानमा रहेका छन।

Eps sathi

Author Since: Dec 06, 2019

Related Post