कोरिया खबर

कोरियामा तिब्र रुपमा कोरोना खोप लगाईदै,खोप लगाएका हरुले मास्क नलगाए नि हुने!

सिओल

दक्षिण कोरियामा कोरोना भाइरस विरुद्ध देशव्यापी खोप कार्यक्रमले तिब्र गति लिन थालेको छ , यस महिना दुई थप खोपहरू ल्याइने छ, जसले नोभेम्बरसम्ममा देशलाई प्रतिरोधात्मक क्षमतामा पूर्ण गराउने लक्ष्यको नजिक ल्याएको छ ।

स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार हाल यहाँ चलिरहेको एस्ट्राजेनेका र फाइजर खोपहरुका अतिरिक्त जन्सेन र जोन्सन भ्याक्सिनको एकल डोज र मोडर्नाको खोपको प्रारम्भिक डोज यो हप्तानै प्रयोगमा ल्याइने छ l

समाचार एजेन्सी योंघापका अनुसार मंगलवार कोरिया भित्रिएको मोडर्ना खोपको पहिलो डोज २७ हजार ५ सयलाई प्रयाप्त हुनेछ l त्यसैगरी सरकारले अमेरिकी फार्मास्यूटिकल कम्पनी संग २ करोड व्यक्तिलाई पर्याप्त हुने खोपको व्यवस्था गर्न सम्झौता समेत गरेको छ l

यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले दिएको जन्सेन र जोन्सन खोपको १ लाख डोज सनिवार कोरिया आइपुग्ने छ । उक्त परिमाण कोरियाली सैन्य कर्मचारीको लागि प्रतिबद्ध गरिएको भन्दा दोब्बर मात्रा हो ।

जुन सम्झौता राष्ट्रपति जो बिडेनले मून जाइ-इन, लाइ शिखर सम्मेलनको बेला मे २१ मा प्रतिवद्वता जनाएका थिए l उक्त खोप यहि जुलाई १० देखि ३० बर्ष माथिका कोरियाली सैन्य कर्मचारिलाई लगाउन शुरु गरिने छ l

साथै सरकारले यहाँ रहेका बिदेशी नागरिकलाई समेत कोरोना खोप निशुल्क दिने बताएको छ lहाल सम्मको तथ्यांकअनुसार कोरियामा ५.८ मिलियन अर्थात ११ प्रतिशत जनताले पहिलो डोज कोभिड खोप लगाइसकेका छन् भने दुवै डोज लगाउने ४ प्रतिशत मात्र छन l सरकारले आगामी नोभेम्बर सम्म पूर्ण रुपमा खोप दिई मास्क फ्री देश बनाउने तयारि गरेको छ l

तर कोरोनाको पहिलो डोज खोप लगाएका ब्याक्तिले मास्क प्रयोग नगरेपनि हुने भन्ने हालको सरकारी योजनाको भने ब्यापक बिरोध हुदै आइरहेको छ l

Author Since: Dec 06, 2019

Related Post