जापान समाचार

सुपरमार्केटको भुँइमा चिप्लिएर लड्ने व्यक्तिले पाए २ करोड १० लाख

टोकियो

टोकियोको एक अदालतले सुपरमार्केटमा चिप्लिएर लडेका एक ग्राहकलाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई आदेश दिएको छ ।
सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चुहिएको पानीका कारण भिजेको भुँइमा चिप्लिएर घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न अदालतले सुपरमार्केट सञ्चालकलाई आदेश दिएको हो ।

टोकियोमा बस्ने ६० वर्षिय ती पुरुषले टोकियो जिल्ला अदालतमा सुपरमार्केट सञ्चालक विरुद्ध मुद्दा दायर गरेका थिए । ती व्यक्ति खानागावास्थित एक सुपरमार्केटमा पाँच वर्षअघि किनमेल गर्न गएका थिए । यस क्रममा उनी किराना सामान पाइने हिस्साको भुँइमा लडे । सो घटनापछि उनी अपाङ्ग भए अनि चिसो भुँइका कारण आफू चिप्लिएको भन्दै क्षतिपूर्ति माग गरी मुद्दा हाले ।

भुँइ चिसो नभएको र ती व्यक्ति चिप्लो खालको चप्पल लगाएकोले चिप्लिएको भन्दै सुपरमार्केटले सो दाबीको खण्डन गर्दै आएको थियो । तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चुहिने अनि भुँइ भिज्ने गरेको टोकियो जिल्ला अदालतका न्यायाधीस शिनादा युकिओले फैसला सुनाउने क्रममा भनेका छन् ।

यस्तो हुन सक्छ भनेर सुपरमार्केट सचेत रहेको भएपनि नियमित रुपमा पुछ्ने जस्ता कदम चालेर समस्या सम्बोधन नगरेको उनले बताए । भुँइमा चिप्लेर अपाङ्ग हुन पुगेका ती व्यक्तिको आय गुमेको र अपाङ्ग हुनु परेको अवस्थाको क्षतिको पूर्ति गर्न पीडितलाई २ करोड १० लाख येन तिर्न युकिओले सुपरमार्केट सञ्चालकलाई आदेश दिएका छन् । यस मामिलामा सुपरमार्केट सञ्चालकले प्रतिक्रिया दिइ नसकेको बताइएको छ ।

Author Since: Dec 06, 2019

Related Post