मेसीले आँसु पुछेको टिस्यू पेपरको मूल्य १० लाख डलर
- by siddhartha@post
- 2 years ago
- 0 comments

काठमाडौं
बार्सिलोनाको २१ वर्षे यात्रापछि क्याटलान क्बलबाट बिदाइ पाएका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पत्रकार सम्मेलनमा आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर लि’लामीमा राखिएको छ।
पत्रकार सम्मेलनमा निकै भा’वुक देखिएका मेस्सी कार्यक्रमकै दौरान पोडियमअघि रो’एका थिए। आँसु पछ्नका लागि उनकी श्रीमती एन्टोनेला रोकुज्जोले टिस्यु पेपर दिएकी थिइन्। त्यही टिस्यु पेपर अहिले लि’लामीमा राखिएको हो। त्यसको आधार मूल्य १० लाख अमेरिकी डलर तो’किएको छ। त्यो टिस्यु पेपर पत्रकार सम्मेलनमा उपस्थित एक जनाले राखेका थिए।
कम्प्टी स्पोर्ट्स डटकमका अनुसार मेसीले आँसु पुछेको टिस्यू पेपर त्यसबेला एक व्यक्तिले टिपेका थिए । र, अहिले त्यो पेपर लि’लामीमा राखिएको छ । लि’लामीमा त्यो टिस्यू पेपरको मूल्य १० लाख डलर तोकिएको छ । हालसालै अन्तर्राष्ट्रिय लि’लामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यू पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । अहिलेको स’टही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।
सू’चना अनुसार त्यहाँ मेस्सीको डी’एनए छ, जसलाई उनीजस्तै खेलाडीको क्लो’निङ गर्न पनि प्रयोग गर्न सकिन्छ। बार्सिलोना क्लबका स’र्वाधिक उपाधि विजेता र गोलकर्ता मेस्सी अहिले पीएसजीमा छन्। उनले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन्।