बिचार/ब्लग

कोरियन भोटे भर्सेस कोरियन बाहुन!!

उपेन्द्र ढुङ्गाना

कुरो र कुलो जता लगेपनी जान्छ रे । मेरो मनसाय यहाँ कुनै एक जातजातिलाइ बढावा दिने र अर्को जातजातिलाइ होच्याउने हुंदै हैन तर कोरियामा अधिकांश नेपालिले कोरियनलाइ सम्बोधन गर्दा प्रयोग गर्ने बिशेषणमा आधारित रहेर मैले मेरो कम्पनिमा भोगेको दुखेसोलाइ केही रमाइलो तरिकाले लेख्दैछु ।

कोरियामा कोरियनहरु भोटेमात्र हुंदैनन , कोरियन बाहुनहरुपनी हुन्छन । सुनौं है त म प्रत्यक्षदर्शिको तर्फबाट कोरियन बाहुनका केही उदाहरणहरु :-

१. मेरो कम्पनिमा जम्मा ९ जना कामदार छौं शुरुमा अतिरिक्त समय काम गरेको पैसा नोदोङ्बु रेट अनुसार घण्टा सिस्टमले दिन्छु भन्थ्यो तर जब तलब आउने दिन भयो अनि थाहा भयो ओभर टाइमको पैसा घण्टा सिस्टमले हैनकी काम गरेको परिणाम हेरेर हिसाब गरेको रहेछ ।

२. तोकियको बेसिक तलब दिनको सरदर ८५ हजार तर जब एकजना दाइ बिरामी भयर कम्पनिलाइ अग्रीम जानकारी दिइ १ दिनको बिदामा बस्ने स्वीकृति लिनुभो त्यसपछी तलब आउंदा उक्त बिदाको दिनको तलब १ लाख २० हजार कटायर दियो ।

३. कम्पनिमा चोटपटक लाग्दा आफुखुशी उपचार नगर तिमिहरु मेरो कामदार हौ तिमिहरुको उपचार गर्नु मेरो कर्तब्य हो भन्थ्यो तर ६ हजार वनको आंखामा हाल्ने औषधि ल्यायर म संगै काम गर्ने दाइलाइ १० हजारमा भिडाउंदै गर्दा म स्वयं अगाडि थियं ।

४. खाना खाने बेलामा जहिल्यै दुई ओटा प्लेटको कमि हुन्थ्यो पछि हाम्रो कम्पनिले खाना अर्डर गर्ने सिक्दाङमा गयर सोधेपछी थाहा भो ७ जनालाइ अर्डर गरेको खाना ल्यायर ९ जनालाइ बांड्दो रहेछ ।

नोट:मैले यहाँ कुनै जातजातिको अपमान गर्न खोजेको हैन न त जातिय द्वेष भित्र्याउननै खोजेको हुं तर कसैकोपनी अनुहार , कद या व्यवहार हेरेर कुनै अन्य जातजातिसंग नजोडौं भन्ने मेरो आशय हो ।

म सोच्दैछु जसरी यो लेखमा व्यवहार हेरेर कोरियन बाहुन भन्दा केही सम्प्रदायमाथी चोट पुगेको हुनसक्छ त्यसरी नै अनुहार हेरेर कोरियनलाइ भोटे भन्दा केही समुदाय को पनि चित्त दुखेको हुन सक्लाकी नसक्ला ?

Author Since: Dec 06, 2019

Related Post