News

सेप्टेम्बर १४ मा विश्वभर सार्वजनिक हुँदै ‘आइफोन–१३’

सिओल

एप्पलको नयाँ ‘आइफोन–१३’ यही सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ।

इनग्याजेटका अनुसार एप्पलले हालै सेप्टेम्बर १४ को लागि ‘क्यालिफोर्निया स्ट्रिमिङ’ कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रममा कम्पनीले कस्ता उत्पादन सार्वजनिक गर्ने भनेर कुनै जानकारी आएको छैन, तर धेरैले ‘आइफोन–१३’ आउन सक्ने सम्भावना बढी रहेको अनुमान गरेका छन्।

नयाँ ‘आइफोन–१३’ पुरानो ‘आइफोन–१२’को अपडेटेड संस्करण मोडल हुनेछ। यसमा सानो नोच र अल्वेज–अन डिस्प्ले हुनेछ। डिस्प्लेमा भने १२० हर्जको रिफ्रेस रेट हुनेछ।

यो नयाँ आइफोनको क्यामरा पनि गुणस्तरीय हुने भनिएको छ। यसमा अल्ट्रा–वाइड सेन्सर र स्टेबलाइजेसन फिचर हुनेछ। कम्पनीले ‘आइफोन–१३’मा अपग्रेड भएको प्रोसेसर र ठूलो ब्याट्री पनि राख्ने इनग्याजेटले जनाएको छ।

‘आइफोन–१३’ सँगै कार्यक्रममा नयाँ ‘एप्पल वाच–७’ सिरिजका स्मार्टघडी पनि सार्वजनिक गर्ने अनुमान छ। कम्पनीले यसको चार्जिङ केस र स्क्रिन पुरानो मोडलभन्दा अलिकति ठूलो बनाउने, राम्रो पफर्मेन्स दिने र वायेरलेस टेक ल्याउन सक्छ।

यसका साथै सो कार्यक्रममा एप्पलले पुन: डिजाइन गरिएको आइप्याड मिनी र नयाँ एयरपोड्स ल्याउने छ।

Author Since: Dec 06, 2019

Related Post