विदेशबाट फर्किदा ल्याउन पाइने मोबाइलको संख्या बढाउने सरकारको संकेत
- by siddhartha@post
- 2 years ago
- 0 comments

काठमाडौं
सरकारले विदेशबाट ल्याउन पाउने मोबाइलको सङ्ख्या बढाउने सङ्केत गरेको छ । भन्सार नतिरी एउटा मोबाइल ल्याउन सक्ने अहिलेको प्रावधानलाई बढाउन सकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।
आइतबार अर्थ मन्त्रालयमा आयोजित प्रतिस्थापन विधेयकपछिको छलफल कार्यक्रममा उनले विदेशबाट फर्किएका नेपालीले एउटाभन्दा बढी मोबाइल ल्याउँदा दु:ख पाएको उल्लेख गर्दै यस्तो समस्या समाधान हुनुपर्ने बताए ।
‘जसले विप्रेषण पठाउँछ, उसले मोबाइल ल्याउँदा पनि दु:ख पाउनुपरेको छ,’ उनले भने, ‘अब तीन अथवा चार कति वटासम्म ल्याउन दिने त्यो पनि प्रस्ट पार्नुपर्छ ।’
सरकारले भदौ २५ गते अघिल्लो बजेट अध्यादेशलाई संशोधन गर्ने प्रतिस्थापन विधेयक ल्याएको थियो ।
विदेशी कामदार अभावका कारण कोरियाको कृषि क्षेत्रका कम्पनीहरु संकटमा
कोरोनाका कारण दक्षिण कोरियाले विदेशी कामदारहरुको आगमनमा कडाइ गरेका कारण यहाँका धेरैजसो क्षेत्रमा कामदार अभाव हुन थालेको छ। विशेष गरी विदेशी कामदारमा निर्भर रहेको कोरियाको माछा पालन क्षेत्रले ठूलो समस्या व्यहोरीरहेको छ। बर्षौैदेखि कोरियाको माछा पालन तथा कृषि क्षेत्रमा विदेशी कामदारहरुले काम गरिरहेका थिए।
कोरियामा माछापालनमा खासगरी इण्डोनेशियाका कामदारहरुले काम गर्ने गर्दछन। कोरियाको नेशनल फेडेरेशन अफ फिसरीज कोअपरेटीभ्सका अनुसार चालु बर्षको पहिलो ६ महिनामा माछापालन क्षेत्रमा मात्र ६९ जना कामदारले कोरिया प्रवेशको अनुमति पाएका छन। यि कामदारहरु अदक्ष कामदारका रुपमा इपिएस मार्फत इ-९ भिजामा कोरिया आएका हुन। यो संख्या भनेको यस क्षेत्रमा अनुमानित आवश्यक संख्या ३ हजारको मात्र २.३ प्रतिशत हो।
अहिले दक्षिण कोरियामा माछा समात्न प्रयोग हुने २० टनभन्दा कम लोड क्षमताका डुङ्गाहरुमा विदेशी कामदारहरुलाई इ-९ भिजामा अदक्ष कामदारका रुपमा काम गर्ने अनुमति दिइएको छ। २० टन लोड क्षमताभन्दा बढिका माछा मार्ने डुङ्गामा भने इ-१० भिजाका विदेशीले मात्र काम गर्न पाउँदछन। इ-९ भन्दा इ-१० भिजामा विदेशी काम दर लैजान कोरिया सजिलो भएता पनि अहिलेको स्थितिले यो भिजमा पनि कामदार लान कठिनाई भइरहेको छ।
“कोरियामा माछा समाउने डुङ्गाका लागि अहिले करिब १५ हजार विदेशी कामदार आवश्यक पर्दछ। तर अहिले यहाँ काम गरिरहेको विदेशी कामदारहरुको संख्या यसको आधा पनि छैन। कम्पनीका मालिकहरुले कामदारहरुको अभावमा काम नै रोक्नुपर्ने स्थिति आइसकेको छ।” कोरियाको नेशनल फेडेरेशन अफ फिसरीज कोअपरेटीभ्सका एक अधिकारीले बताए। कामदार अभावका कारण यहाँ भइरहेका कामदार तथा कोरियन कामदारहरुलाई पनि महङ्गो पैसा तिरेर काम लगानउनुपर्ने बाध्यता परेका उनिहरुको भनाइ रहेको छ।