कोरिया खबर

कोरियन भाषा परिक्षाको शैली परिवर्तन हुँदै,अव यसरी हुनेछ परिक्षा !

सिओल

प्रक्रिया पुरा गरेर पनि पुरा श्रमिकहरु दक्षिण काेरिया जान नपाए पनि दक्षिण काेरियाले नयाँ भाषा परिक्षाकाे तयारी अगाडि बढाएको छ ।

यस अगाडि भाषा परिक्षा पास गरि प्रक्रिया पुरा गरेका र कमिटेड श्रमिकहरु काेरिया जान नपाएको करिब २० महिना पुरा भइसकेको छ ।ती श्रमिकलाई पनि चाँडै काेरिया लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र नयाँ भाषा परिक्षाकाे तयारी पनि त्यहि अनुसार अगाडि बढेको एचआरडि काेरिया नेपाल शाखाले जनाएको छ ।

काेराेना महामारी नेपालमा क्रमश नियन्त्रण उन्मुख छ,त्यहि अनुसार नयाँ भाषा परिक्षा तयारी भइरहेको हाे एचआरडि शाखाले बताउँछ ।विगत तीन वर्ष यता भाषा परिक्षा हुन नसकेको कारण अब भाषा परीक्षा अनिवार्य गर्नुपर्ने उसलाई नैतिक दबाब छ ।

परिक्षाकाे लागि एचआरडि शाखाले प्राविधिक तयारी तथा भवन निर्माण समेत गरेको छ ।तर यसपटक विगतको जस्तो तरिकाबाट परिक्षा हुने छैन ।अब नयाँ प्रविधि बाट भाषा परीक्षा गरिने स्रोतले बताएको छ ।

पहिलो चरणमा कोरियाबाट फर्किएकाहरूको विशेष कम्प्युटर बेस्ड टेस्ट गराइने र कोरोना जोखिम कम भएपछि यूबीटी (संयुक्त परिक्षण बेस नयाँ परीक्षा प्रणाली) प्रक्रियाबाट कोरियन भाषाको परीक्षा गराउने तयारी भइरहेको शाखाले जनाएको छ ।

यूबीटी परीक्षामा एउटा निश्चित अंक छुट्याइने र त्यसभन्दा बढी अंक ल्याउने परीक्षार्थीलाई त्यही दिन सीप परिक्षणसँगै शारीरिक परीक्षण सक्ने तयारी भैरहेको छ । शारीरिक परीक्षणको रूपमा कलर ब्लाइन्ड टेस्ट गराइने छ ।

यसको लागि उसले दक्षिण काेरिया बाटै सबै सामाग्री नेपाल ल्याएको छ । विगतको भन्दा नितान्त फरक शैली बाट परिक्षा हुने जनाइएको छ ।परिक्षाकाे प्राविधिक तयारी अन्तिम चरणमा पुगेकाले सकभर चाँडै परीक्षा गराउने मनसायमा काेरियन पक्ष रहेको जनाइएको छ ।हाम्रा खबर

Author Since: Dec 06, 2019

Related Post