कोरिया खबर
माओवादी निकट जनप्रगतिशील मञ्च कोरियाको अध्यक्षमा केदार निरौला
- by siddhartha@post
- 8 months ago
- 0 comments

सौल
केदार निरौलाको नेतृत्वमा नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाको सौल क्षेत्रीय समिति गठन भएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अभिषेक सापकोटा, सचिवमा रुद्र थापा, सहसचिवमा हर्क हाङसाङ रुम्बा र कोषाध्यक्षमा सुरेश कन्दवार लिम्बु चयन भएका छन्।
यस्तै सदस्यमा अविनाश तामाङ, भवानी घिमिरे, राम तामाङ र भिम किराँती छन्।सौल क्षेत्रीय भेलाको अध्यक्षता दिलिप धितालले गरेका थिए भने सञ्चालन सञ्चालन केन्द्रीय समिति सचिव एबी मगरले गरेका थिए।
उक्त भेलाले होसाङ क्षेत्रीय संयोजकको रुपमा खगेन्द्रराज खनाललाई तोकेको छ।