कोरिया भाषा पास गरेर ईपिएस प्रकृया पुरा गरेका नेपाली यूवाहरुलाई अविलम्ब कोरिया पठाउन संसदिय समितिको निर्देशन !
- by siddhartha@post
- 2 years ago
- 0 comments

बासुदेव भट्ट
संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरेर सम्पूर्ण प्रक्रिया पुरा गरी अलपत्र परेका नेपाली नागरिकलाई अविलम्ब दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित सम्बन्धि समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन र छनौट भएका कामदारहरु कोरिया नगएसम्म नयाँ परीक्षा नगर्नको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।
आइतबार बसेको बैठकमा समितिले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति बिमल प्रसाद श्रीबास्तब जानकारी दिए ।
बैठकमा लामो समय देखि भाषा परीक्षा पास गरेर सम्पूर्ण प्रक्रिया पुरा गरिसक्दा पनि कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरुले सरकारको आलोचना गरेका थिए ।हाम्रा खबरबाट
कोरियामा कुकुर पाल्नेहरुका लागी अक्टोवर देखी नयाँ नियम लागु !(पुरा हेर्नुहोस)
सिओल
आउदो अक्टोवर १ तारिखदेखी दक्षिण कोरियामा कुकुर पाल्नेहरुका लागी नयाँ नियम लागु हुने भएको छ।
कोरियामा कुकुर पाल्नेहरुले अनिवार्य दर्ता गरेर मात्र पाल्न पाईने नियम लागु हुने भएको छ।कुकुर मालिकले अक्टोबर महिनादेखी आफ्नो कुकुरलाई दर्ता नगरी पालेमा ५१० अमेरिकी डलर (६ लाख कोरियन वोन) जरिवाना लाग्ने भएको छ।
दक्षिण कोरियामा अक्टोवर १ देखी कुकुर मालिकले आफ्नो कुकुर अनिवार्य दर्ता गर्नुपर्ने,सार्वजनिक क्षेत्रहरुमा कुकुर लैजादा अनिवार्य सिक्रीले बाँधेर हिडाउनुपर्ने बाध्यात्मक नियम लागु हुनेभएको कोरियाली कृषी,खाध तथा ग्रामिण मामिला मन्त्रालयले आईतबार घोषणा गरेको छ।
कुकुर र कुकुर मालिकका बिच जिम्मेवारी बोध गराउने र बेबारिसे कुकुर को सङ्ख्या घटाउनको लागी अनिवार्य दर्ता प्रणाली लागु गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
उक्त नियम अन्तर्गत कोरियाभरी नै २ महिना भन्दा बढी उमेर भएका कुकुरहरु स्थानिय निकाय तथा सरकारले तोकेको पशु चिकित्सालय मा दर्ता गर्ने प्रावधान बनाएको छ।
दर्ता गरिएका सबै कुकुरहरुमा यसको पहिचान र जानाकारी रहेको लकेट अथवा छालामा ईलेक्ट्रोनिक माईक्रोचिप्स जडान गरिने छ जसको माध्यमबाट उक्त चिप्स रिडरको प्रयोग गरी त्यो कुकुरको सम्पुर्ण जानाकारी प्राप्त गर्न सकिने छ।
यदि पहिलोपटक कुकुर दर्ता नगरी पालेको पाइएमा २ लाख वन जरिवाना लाग्नेछ भने दोश्रो पटक पनि दर्ता नगरेको पाइएमा ४ लाख तथा तेश्रो पटक पनि दर्ता नगरेको भेटिएमा ६ लाख वन सम्म जरिवाना लाग्नेछ।
त्यसैगरी कुकुरलाई घाँटिमा साङ्गलोले नबाँधी सार्वजनिक स्थानमा लगेमा २ लाख वन सम्म जरिवाना हुनेछ। दोश्रो पटक पनि त्यसै गरेमा ४ लाख तथा तेश्रो पटक पनि भेटिएमा ६ लाखसम्म जरिवाना लाग्नेछ।