ईपिएस प्रकृया पुरा गरेर बसेका नेपाली यूवालाई सिधा कोरिया उडान गर्न आह्वान गरिएका बोलपत्र आह्वानहरु अस्वीकृत !
- by siddhartha@post
- 2 years ago
- 0 comments

बासुदेव भट्ट
नेपाली श्रमिक दक्षिण कोरिया पठाउनको लागि भन्दै सिधा उडानको लागि गरिएको बोलपत्र प्रस्तावहरु कानुनी एवं प्राविधिक मुल्यांकनका आधारमा योग्य नभएको बताइएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखा ग्वार्कोले एक सुचना निकाल्दै प्राप्त बोलपत्रहरु अस्वीकृत भएको जनाएको छ । गएको भदौ २ गते शाखाले काठमाडौ बाट दक्षिण कोरियाको सिओल सम्म नेपाली श्रमिक लैजान टिकट आपुर्ति सम्बन्धि खरिद सेवाको लागि ३१ दिने बोलपत्र आह्वान गरेको थियो ।
यो बोलपत्र आह्वान दक्षिण कोरियाको सर्त अनुसार थियो । तर प्राप्त प्रस्तावहरु प्रभाबग्राही नभएको भन्दै सार्वजनिक खरिद ऐेन २०६३ को दफा २६ उपदफा १ बमोजिम अस्वीकृत गरि सार्वजनिक खरिद एन २०६३ को दफा २६ को उपदफा ३ बमोजिम सम्बन्धित सबैलाई जानकारी गराइएको शाखाले जनाएको छ । यसबारे सम्बन्धित पक्ष सँग थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
हाम्रा खबरबाट