कोरिया खबर

नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न

विशाल श्रेष्ठ

दक्षिण कोरिया: नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिबेसन कोरोनाको महामारी लाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट सम्पन्न भएको छ। अधिवेशनबाट समाजको अध्यक्षमा राम कुमार गौतम (सगुन)लाइ सर्वसम्मत चयन गरेको छ ।

सगुनको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा टङ्क राना मगर उपाध्यक्षमा अभिनाश तामाङ म.उपाध्यक्षमा रबिना श्रेष्ठ सचिबमा सुरेश भट्ट सह सचिबमा सन्जना शर्मा कोषाध्यक्षमा रामु ढुङ्गाना र सह कोषाध्यक्षमा अर्जुन तामाङ रहेको छ।

यसैगरी सदस्यहरुमा सुजन सिलवाल ,सुनिल सिलवाल, बाबुराम रिमाल,जुना गुरुङ,अस्विन अधिकारी गरि १३ जना कार्यसमिति गठन गरेको हो।

‘सामाजिक एकता र समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराको साथ सन २०१४ सालमा स्थापना गरिएको समाजले स्थापना काल देखिनै कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ।

Author Since: Dec 06, 2019

Related Post