बिचार/ब्लग

कोरियामा दशैँको खशी, घरमै बसी बसी …

हरिराम भण्डारी

नाजु जानि चिल्लो सडकमै जोडिएको एउटा बाख्रा फर्म छ।कोरियामा यम्सो नोङजाङ भनिन्छ।खसिको मासुको महत्व कोरिया आएका नेपालीलाई थाहा छ।तिन पहर मासुभात खाएनी खसिको मासु खान चाडबाडनै पर्खनु पर्ने हुन्छ।झन नेपाली पाराले खसि काटेर दुखसुख बॉडने अवसरको सदुपयोग किन नगर्ने?

नमस थापा भाईले साहु छिसु सँग सोधे भाउ कति हो?छिसुले भन्यो भित्रै आउनु।तेतिखेर ब्यवसायिक बाख्रापालनका दृश्यहरु हाम्रा ऑखॉले क़ैद गरे।छिसुले एकोहोरो फतफतायो।बाख्री मँहगो छ।६लाख वन(६०हजार रुपैयॉ)घटतिन।ठ्याम्मै ३० किलो मासु ठहर्छ।खसि सस्तो छ ४०किलो होला ४लाख (४०हजार रुपैयॉ)मै दिन्छु।डेलिभरी गर्दिन।डेलिभरी गरे २०हज्जार वन दिनु पर्छ ओके ?भनेर उस्कै भाषामा भन्यो।

हाम्रो हॉसोको फोहोरा बिष्फोट भयो।हॉसो रोकेर हामिले भन्यौ किन?आईगो नेम्से!(गन्ध ऑउछ)बाख्रीको ऑउदैन त्यहि भर बाख्री मँहगो हुन्छ छिसुले मुख बिगार्दै भन्यो।हामिले मुखॉ हेरहेर गरेर खरम्यन सुन्नोम हाना छुसेयो।(उसो भए खसि एउटा दिनोस)भनेसि हामिले रोजेको झ्ँवाक खसि बाहिर निकालिदियो।हामि खुसिले उफ्रीदै पेङदोङ पार्क तिर फर्कियौ।एतिखेर कोरियामा नेपालीहरु धेरै भएको टोलमा खसिको गन्ध आईरहेको हुन सक्छ।

फुर्सत पाउनै मुश्किल ,खसि पाउनै मुस्किल,काट्नि ठॉउ र पकाएर खानि ठॉउ सम्मको ब्यवस्थापनको बयान उराठ लाग्दो छ।तर खसि काट्ने दँशै मान्नुको खुसियालीमा आईपर्नि दुख पनि सुखमै गनिन्छन।फ्रेसहाउसमा केहि पैसा दिएर काट्नि सुविधा पनि पाईन्छ।

तर राजखानि भुटनका सप्पै आईटम ईष्टहरुले फालिदिँदा रहेछन।कोरियामा राजखानि,तँखानि कि मखानि?गर्नुको मजानै बेग्लै हुन्छ।खसि लिन जॉदा ४/५जनाको संख्या काटनी ठॉउमा १५/२०जना पुग्छ भने खाने बेलॉमा सय डेडसय पनि हुन सक्छ।एउटै तपेसमा सिपालुहरुले पकाएको भुटन सहित (सोजुमेक्चु)मदिरापान गर्न बसेको केहि समयमै गलबन्दी च्यातियो भाकामा गित गुन्जन्छ।झन चेलिबेटी देखेभने गलबन्दीको भाकामा आफ्नो सर्टनै च्यातिएको थाहा हुदैन।तर यतिबेला धेरै ढिलो भैसकेको हुन्छ।

कोरियामा नेपालीहरु खुसि छन।यॉहा नेपाली चेलिबेटीहरु समेत ईपिएस पास गरेर आएका छन।कति दीदीबहिनीहरु एतै विवाह गरेर अनि पढन आउने छात्राहरुको संख्या पनि उल्लेख्य छ।जॉहा चेलिबेटी हुन्छन त्यॉहाको चाडबाड स्वभाविकरुपले रमाईलो हुन्छ।नेपाल बिर्साउनी गरी दीदीबहीनी दाजुभाईहरुको हरेक कृयाकलापमा साथ र सहयोग रहन्छ।

शहरै पिच्छे खुलेका नेपाली रेष्टुरेन्टहरुले खसिको मासु भएको प्रचार गरेर आफ्नो व्यवसाय बढाएका छन।राजधानी सउल स्थित एक रेष्टुरेन्टले त तयारी खसिको मासु कोरियाको जुनसुकै ठॉउमा डेलिभरी गरिदिने सुविधा दिएको छ।४किलो भन्दा बढि अग्रिम बुकिङ गरेमा कोठा सम्मै आउने ब्यवस्था गरेको छ यसले पनि दशैमा कोरियामा खसिको लोकप्रियता कति छ भन्ने देखॉउछ।

बडा दशैँ नेपालीहरुको माहान चाड हो।नेपालीहरुलाई एकताको सुत्रमा बॉध्ने यो चाड अहिले नेपालीहरु भएका संसारका जुनसुकै देसहरुमा धुमधामले मनाईदै छ।बर्षभरीका तिक्तता,आपसि मतभेद बिर्सिएर नवदुर्गा भवानीको आराधना पुजा गरेर मान्यजनबाट आशिर्बाद सहित टिका जमरा ग्रहण गरेर खुसि साटासाट गरेर नेपालीहरु खुसि हुन्छन।

लगभग ६० हजार नेपालीहरु रोजगारीमा रहेको पुर्विएसियन मुलुक दक्षिणकोरियामा पनि दँसैको माहोलले छपक्कै छोपेको छ।सप्पैथोक पाईने कोरियामा फुर्सत पाउन मुश्किल छ।भर्खरै सकिएको कोरियन चाड छुसक पछि आएको बडा दँसैलाई एकैदिन एकैछिन किन नहोस नमनाईकन नेपालीहरुको मनै मान्दैन।

केहि नभए कार्यस्थल कंपनिमा रहेका दाजुभाईहरु बिच काम सकेर मिठो मसिनो गरि नेपाली परिकार बनाएर बियर पार्टी भएपनि अवश्य गरिन्छ।राजधानी सउल लगायतका दर्जनौ शहरहरुमा स्थापना भएका संघसंस्थाले दँसैमा जमरा सहित टिका ग्रहणकोलागि औपचारिक रुपमा कार्यक्रम नै राखेका हुन्थे अईले कोरना कहरले औपचारिक कार्यक्रम छैन/खुस्स खास्स खसि ढालिएका पोस्ट सम्म देखिएको छ।

एतिखेर कोरिया र नेपालको मौसम ठ्याक्कै उस्तै छ।शरद ऋतुमा फुल्ने फुलहरु ढकमक्कै फुलेका छन।धान पाकेर खेत पँहेलपुर भएका छन।रातिमा टह टह लागेका जुन तारा हुन या दिउँसोका मन्द सुर्यको न्यानोले जो कोहि नेपालीले दँसै आएको महसुस गर्दछ।न जाडो न गर्मिको यो मौसम सँधै भैदिए हुन्थ्यो झैँ लाग्छ।

जतिनै दुख:किन नहोस।हॉसेरै बोल्ने,चाडबाडमा दिल खोलेर रमाउनी नेपालीहरुको बिशेषता देखेर बिदेसीहरु मन्त्रमुग्ध हुने गर्दछन।कतिपय नेपालीहरु भएका साहुसाहुनी र कोरियन नागरिकहरु समेत चाडबाडमा नेपालीहरु बिच सहभागि हुन्छन।धेरै देसका प्रबासि मजदुर भएका कंपनिमा नेपाली गित संगित घन्किदा अरु देसका खल्लो लाग्छन।अरु देसका संगित र नृत्य बिल्कुल फरक हुँदो रहेछ।

कोरियाको ब्यस्त जीवनसैलीमा समेत आफ्नो संस्कृतिलाई जीवन्त राख्ने नेपालीहरुलाई नमन गर्नै पर्दछ।बडा दँशैमा आफ्नो घरपरिवार ,आफन्त संझेर नुनिला आशु निलेर बस्नु भन्दा आफ्नै कंपनि या वरपर भएका नेपालीदाजुभाई तथा दीदीबहिनीहरु मिलेर मिठो मसिनो सँगै खानि चलन बसेको छ।नवदुर्गा भवानीले सवैको रक्षा गरुन।बडा दशै २०७८ सालको हार्दिक मंगलमय शुभकामना!

Author Since: Dec 06, 2019

Related Post