कोरिया खबर

कोरियामा एक्कासि परिबर्तन भएको मौसम आगामी हप्ता देखि सामान्य अबस्थामा फर्किने

सिओल

दक्षिण कोरियामा पछिल्लो केहि दीन यता असामान्य रुपमा परिबर्तन भएको मौसम आगामी हप्ता देखि सामान्य अबस्थामा आउने कोरियाम मौसम प्रसासनले जनाएको छ l

साइबेरियाबाट एक्कासि आएको चिसो हावाको कारण गत शुक्रबार राति देखि तापक्रममा भरि गिरावट आएको थियो l गत आइतबार बिहान राजधानी सियोलको तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको थियो भने उत्तरी ख्यान्ग्गीदो तथा खाङ्वन्दो क्षेत्रका केहि उच्च पहाडी क्षेत्रमा तापक्रम घटेर माइनस ९.३ डिग्री सम्म मापन गरिएको थियो l

कोरिया मौसम प्रशानका अनुसार अक्टोबरको दोस्रो हप्तामा माइनस सम्म तापक्रम पुगेको कोरियाको इतिहासमा ६७ बर्ष यताकै पहिलो घटना हो l तापक्रम निकै घटेपछि मौसम प्रशासनले राजधानी लगाएत देशका अधिकांस स्थानहरुमा कोल्ड वेव एडभाइजारी जारि गरेको थियो l अक्टोबर महिनामा यसरि चिसो लहरको सचेतना जारि गरेको ११ बर्ष यताकै पहिलो घटना भएको बताएको छ l

बिहिबार सम्म ५ डिग्री भन्दा तल रहने तापक्रम भने आउदो हप्तादेखि सुधार भै सामान्य अबस्थामै फर्किने अनुमान गरिएको छ l

Author Since: Dec 06, 2019

Related Post