कोरिया खबर

दक्षिण काेरिया जाने इपिएस श्रमिककाे राेस्टर थप, हजारौं इपिएस पिडित खुशी हुँदै !

सिओल

एचआरडी कोरियाको मुख्यालयले नेपालमा कोरोनाको कारण ६ महिना रोस्टर मिति थप गरेको आधिकारिक पत्र पठाएको छ ।कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोष्टममा समावेस भएका तर श्रम करार नआएका व्यक्तिहरुको रोष्टर अवधि थप हुने भएको छ।

यसले लामाे समय सम्म प्रतीक्षा गरेका इपिएस पिडितहरुलाई खुसि बनाएको छ ।मंगलबार प्राप्त पत्र अनुसार रोस्टर अबधी सन २०२१ को जुलाइ १ तारिख देखि नोभेम्बर ३० तारिख सम्म मिति सकिएकाको हकमा थप ६ महिना थपिएको छ ।त्यस्तै सन २०२१ को अक्टाेबर १ तारिख देखि २०२१ को डिसेम्बर ३१ तारिख सम्म म्याद सकिने कामदारको हकमा पनि ६ महिना रोस्टर अबधी थप हुनेछ ।

यसको अर्थ – २०२१ को जुलाइ सुरुमा रोस्टर म्याद सकिएकाको हकमा २०२२ को जनवरी सुरु सम्म म्याद थप हुनेछ ।२०२१ को डिसेम्बर अन्तिममा म्याद सकिनेवाला कामदारको २०२२ को जुन अन्तिम सम्म म्याद थप हुनेछ ।

Author Since: Dec 06, 2019

Related Post