कोरिया खबर

कोरियन भाषा परिक्षा अन्योलमा,ईपिएस नेपाल ले के भन्छ त?

हाना आईडल

कोरियाले परीक्षार्थीको भाषा परीक्षा लिन आग्रह गरे पनि नेपालले परीक्षा सञ्‍चालनगर्न सकेको छैन । रोकिएका कामदार पठाउन कोरिया जान थालेपछि भाषा परीक्षा सञ्‍चालनगरिने बैदेशीक रोजगार बिभाग अन्तर्गतको ईपिएस कोरिया शाखाका निर्देशक सुरेश राउतको भनाइ छ ।

भाषा परीक्षा सञ्‍चालनगरी परीक्षार्थी पास हुँदा थप कामदारको संख्या नेपालमा रोकिने भएको हो । कोभिड नियन्त्रण हुन नसकेकाले पनि परीक्षा सञ्‍चालनगर्न नसकेको हो । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यस अघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरिएको थियो ।

श्रम स्वीकृति प्राप्‍त गरी ६५ हजार नेपाली कामदार कोरिया गइसकेका छन् । नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीक रूपमा भाषा परीक्षा गरी नेपाली कामदार कोरिया जान थालेका हुन् ।

सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् । अब भने कोरियाले ‘कमिटेड’ भिसा वाहक १ सय १९ जना कामदारलाई लाने भएको छ । यसअघि कोरियाले महामारीको बिचमा पनि भियतनाम, मंगोलिया लगायत विभिन्न मुलुकबाट कामदार लिन थालिसकेको छ ।हाम्रा खबर बाट

Author Since: Dec 06, 2019

Related Post