कोरिया खबर

दक्षिण कोरिया पुरानै लयमा फर्किदै,’लिभिङ्ग विथ कोभिड ‘ योजना नोभेम्बर बाट लागु हुँदै !

सिओल

दक्षिण कोरियाले अर्को महिनाबाट कोरोनाभाइरसको प्रतिबन्ध हटाउने तयारी गरेको छ।

उसले कोरोनाभाइरससँग सामान्य जीवनमा फर्कने नयाँ योजनालाई अँगाल्ने देशहरूको सूचीमा सामेल हुँदैछ । त्यसपछि कोभिड -१९ लाई सिजनल इन्फ्लुएन्जा जस्तै एक संक्रामक श्वासप्रश्वास रोगको रूपमा लिईने छ ।

हाल निजी जमघटहरुमा प्रतिबन्ध हटाइएको छ । सोलमा आठ जनासम्मलाई जमघटको अनुमति दिइएको छ भने अन्य क्षेत्रहरूमा १० जनालाई जमघटको अनुमति दिइएको छ ।

अधिकारीहरुका अनुसार सहज नियमहरु यस महिनाको अन्त्य सम्म लागु हुनेछन ।अधिकारीहरूले अर्को महिना ६० भन्दा माथिका र कम प्रतिरक्षा भएका मानिसहरूका लागि बूस्टर शटहरू सुरु गर्ने योजना बनाइरहेका छन । विदेशमा खोप लगाइएकाहरूलाई पनि बुस्टर शटहरू लागू गरिनेछ ।

त्यसैगरि कोरियाले ७० प्रतिशतभन्दा बढी जनतालाई कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएको छ।तीव्र खोप अभियानमा निर्धारित समयभन्दा पहिले नै देशको ७० प्रतिशतभन्दा बढी जनसंख्यालाई पूर्ण रुपमा खोप लगाउने लक्ष्य हासिल गरेको छ ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार, कुल ३ करोड ५९ लाख जनताले कोभिड -१९ को दुबै खोप प्राप्त गरेका छन्। यो संख्या देशको कुल जनसंख्याको ७० प्रतिशत हो ।

दक्षिण कोरियाले फेब्रुअरीको अन्त्यमा राष्ट्रव्यापी खोप अभियान सुरु गरेको थियो ।

Author Since: Dec 06, 2019

Related Post