कोरिया खबर

कार्तिक १० गते कोरिया उडेका ४८ जना नेपाली श्रमिकहरुको पिसिआर रिपोर्ट नेगेटिभ

बासुदेव भट्ट/काठमाडौं

बीस महिनापछि खुलेको नेपाली ईपिएस श्रमीकहरु दक्षिण कोरिया पठाउने प्रक्रिया अन्तर्गत कार्तिक १० गते कोरिया उडेका ४८ जना नेपाली ईपिएस प्रतिबद्ध (कमिटेड) श्रमीकहरुको कोरोना परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पहिलो चरणमा कोरिया उडेका ४८ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी हाम्रा खबरलाई प्राप्त भएको हो ।

लामो समयपछि दक्षिण कोरिया जान पाएका श्रमिकलाई कार्तिक १० गते दिउँसो ३ बजे बैदेशीक रोजगार बिभागका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरी बेलुका ७:१५ बजे कोरियन एयरलाइन्सको सिधा उडान मार्फत कोरिया उडेका थिए ।

यसले आगामी दिनमा कोरिया उड्न बाकि रहेका हजारौं नेपाली युवाहरुको लागि कोरियाको यात्रालाई अझै थप सहज बनाउने आकलन गरिएको छ ।

कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको बैदेशीक रोजगार बिभाग अन्तर्गतको ईपिएस कोरिया शाखाले जनाएको छ। दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।

पहिलो चरणमा कमिटेड श्रमिक लैजाने र क्रमिक रुपमा भाषा परीक्षा पास गरि सम्पुर्ण प्रक्रिया पुरा गरेका श्रमिकहरु लैजाने दक्षिण काेरियाले नेपाल समक्ष प्रतिबद्धता जनाएको थियो ।

Author Since: Dec 06, 2019

Related Post