फेरी आयो खुशीको खबर, दक्षिण काेरिया श्रमिक लैजाने सम्बन्धमा अर्को सुचना सार्वजनिक
- by siddhartha@post
- 2 years ago
- 0 comments

बासुदेव भट्ट/काठमाडौं
लामो समय देखि अबरुद्ध दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया उत्साहित रुपमा अगाडि बढेको छ । कात्तिक १० गते पहिलो चरणमा ४८ जना दक्षिण काेरिया उडेका थिए ।साेहि क्रमलाई निरन्तरता दिदै दाेस्राे चरणमा पनि थप ५० जना नेपाली आउदो २४ नोभेम्बर,२०२१ मा दक्षिण काेरिया जाने भएका छन् ।
यसै प्रक्रिया सँग सम्बन्धित हुदै इपिएस शाखा ललितपुरले दाेस्राे सुचना जारि गरेको छ ।पहिलो चरणमा कमिटेड कामदार लिइसकेपछि अर्को चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक लैजाने कुरामा दक्षिण काेरिया सँग सहमति भएको स्रोतले हाम्रा खबरलाई बतायो ।
प्रकाशित सुचना अनुसार २४ नोभेम्बर,२०२१दाेस्राे चरणमा काेरिया जाने कमिटेडहरुकाे नामावली सहित आवश्यक प्रक्रियाकाे र जानकारी बारेमा एक सुचना प्रकाशित गरेको हाे ।इपिएस शाखा ललितपुरले आवश्यक प्रक्रिया र भइरहेको अवस्थाकाे बारेमा सुचनामा उल्लेख गरेको छ ।
संलग्न नामावली सूचिमा समावेश भएका मध्येबाट ५० जना व्यक्तिहरु पहिलो प्राथमिकता अनुसार काठमाण्डौं देखि दक्षिण कोरिया सम्मको उडान सूचीमा समावेश हुने भएकोले सूचिमा संलग्न सि.सि.भि.आई (CCVI) नभरेका व्यक्तिहरुले यथाशिघ्र आवश्यक कागजात सहित यस कार्यालयमा उपस्थित भै CCVI भरी तयारी अवस्थामा रहन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
समयमा कार्य नगर्ने कामदारहरूको उडान प्रकृया प्रभावित हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने बताइएकाे छ ।