कोरियाको दोङदेमुनमा नेपाली चेलीले खोलिन् पहिलाे हेयर ब्युटीपार्लर
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
दक्षिण कोरियामा विगत लामो समय देखि कर्मथलो बनाउँदै आएकी कास्की निवासी ईश्वरी(सोरी) रानाभाटले सौल स्थित दोङदेमुनमा २०३० हेयर (2030 Hair) नामक पार्लर खोलेकी छिन्।
एक विशेष समारोहका साथ “२०३० हेयर ड्रेसिङ्ग एण्ड ब्युटी पार्लर” उद्घाटन साथै सञ्चालनमा ल्याइएको छ।उद्घाटन समारोहमा नेपाली संघसंस्थाका प्रतिनिधि तथा कोरियामा रहेका नेपाली तथा कोरियनहरुको बाक्लो उपस्थिति रहेको थियो।
आफू दक्षिण कोरिया आए देखिनै केही आफ्नै व्यावसाय गर्ने सोच बनाएको भए पनि विभिन्न आन्तरिक समस्या त कहिले कोरोना कहरका कारण रोकिएको व्यवसायिक योजना अहिले आएर सम्भव भएको र आफ्नै व्यवसाय सुरु गर्न पाउदा धेरै खुसि लागेको छ । धेरै नेपालीहरुले आफ्नो देशमा मात्रै होइन बिदेशमा आएर पनि लगानी गरि आफुले जानेको सिपलाई व्यावसायिक रुपमा अगाडि बढाउने पर्ने उनको बुझाइ छ।
उक्त पार्लरमा नेपाली महिला तथा पुरुषको निमित्त सहुलियतमा कपाल कटिङ्ग, ट्रिटमेन्ट,स्ट्रेट, कलर, लगायत कपाल सम्बन्धी हरेक काम गरिने सञ्चालिका रानाभाटले बताएकी छिन्।
सम्पर्कको लागि
서울특별시 종로구 창신동 584
01025889383