News

कोरियामा भन्दा बुङ्गुरपालन मै बढि आम्दानी, बार्षिक कमाई २४ लाखभन्दा बढि !यसरी गर्नुस मालामाल हुनुहुन्छ

सिओल

मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन।

स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो।

पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो।काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल भए।

वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवा भन्नेहरु एकपटक काम्मु बङ्गुर फार्म पुगी व्यवसायप्रति लाग्न आकर्षित गर्छ।

बङ्गुरबाट कोरियामा भन्दा बढी आम्दानी हुन्छभन्दा अ’नौठो लाग्ला तर अ’नौठो मान्नु पदैन। दुई वर्षको अवधिमा ४८३ वटा बङ्गुरका पाठापाठी बेचे। बङ्गुरका पाठापाठीलाई रु पाँच हजारमा सहज रुपमा कारोवार हुन्छ।

पाल्पामा ५० प्रतिशतभन्दा बढी मगर समुदायको बस्ती छ। मगर बस्तीमा प्रायः बङ्गुरका पाठापाठी निकासी हुन्छ। अहिले बाहुन–क्षेत्रीका युवाहरु पनि बङ्गुरपालनमा व्यवसायमा आकर्षित छन्।

बङ्गुरलाई हुर्काउन सहज हुने र बढी उत्पादन दिने भएपछि बङ्गुरपालनमा पाल्पामा आकर्षण बढ्दो छ। बङ्गरका पाठापाठी कारोवार र मासु सहज रुपमा खपत हुँदै आएको काम्मु बताउँछन्।

बङ्गुरका पाठापाठीको मात्र कारोवार गर्नुहुन्न। मासुका लागि पनि बङ्गुर उत्पादन हुन्छ। दुई वर्षको अवधिमा ४६ हजार ११० किलोग्राम बङ्गुरको मासुको कारोवार गरे।

काम्मुले मासुबाट मात्र रु नौ लाख ८३ हजार ४०० आम्दानी गर्न सफल भएका हुन्।विसं २०७४ मा यमकला काम्मुद्वारा सञ्चालित बङ्गुर तथा कृषि फार्ममा ७० वटा बङ्गुरका भाले पोथी छन्।

एक कोठामा एक बङ्गुर राखिएको छ। बङ्गुरका लागि पानी र दानाका लागि कोठाभित्र व्यवस्थापन गरिएको छ। अहिले ७० बङ्गुरका लागि दुईवटा व्यवस्थित खोर निर्माण छ।

दुई खोरको बीचमा एउटा माछापोखरी छ। पोखरीमा माछापालनले झनै आकर्षित बनाएको छ फार्म। माछापालन व्यवसायबाट पनि रु दुई–तीन लाख सहज रुपमा आम्दानी हुन्छ।

स्थानीय कुखुरापालन व्यवसायबाट रु एक–दुई लाख हाता पर्छ नै।

Author Since: Dec 06, 2019

Related Post