कोरियाका लागी नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक !
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदारको संख्या बढाउन सकारात्मक रहेको दक्षिण कोरियाले जनाएको छ।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित नेपाल—दक्षिण कोरिया संयुक्त परामर्श संयन्त्रको पाँचौ बैठकमा नेपाली पक्षले ईपीएसअन्तर्गत नेपाली कामदारको संख्या बढाउन आग्रह गरेको नेपाली पक्षको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताए ।
ईपीएस परीक्षा पास गरिसकेका नेपालीको कोरिया प्रवेशको व्यवस्था चाँडै मिलाउन समेत कोरियालाई आग्रह गरिएको उनले बताए। कोरोना महामारीका कारण कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जान रोकिएका थिए।
उनीहरुलाई चरणबद्ध रुपमा कोरिया लैजाने काम अक्टोबर २७ देखि सुरु भइसकेको छ। बैठकमा ईपीएस सम्बन्धी सम्झौतापत्र सक्दो चाँडो नवीकरण गर्ने सहमति पनि भएको हो ।हाम्रा खबर बाट