कोरिया खबर

अव नेपाल एयरलाईन्स कै टिकटबाट कोरियाको सिओल सम्म उडन सकिने !

सिओल

नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन् । नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता गरिएको छ ।

जसअनुसार अब यूरोपका विभिन्न शहर, अष्टे्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सिओलसम्म यात्रा गर्न सकिने नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन । सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन् ।

यी सम्झौताबाट यूरोप, अष्टे्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा काठमाडौंबाट उडानको टिकट लिइन सकिने भएको छ । सकेसम्म कम ट्रान्जिट समय राखेर यस्तो सम्झौता गरिएको समेत श्रेष्ठको भनाइ छ ।

यसले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा लिइएको छ । टिकटहरु निगमको केन्दि्रय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने भएको छ ।

नेपाल एयरलाइन्सले अमेरिकी शहरहरुमासमेत यस्तै सम्झौताबाट उडान विस्तारको तयारी भइरहेको समेत जनाएको छ ।

कुन कुन गन्तब्यमा कुन एयरलाइन्ससँग भयो सम्झौता ?

in

Author Since: Dec 06, 2019

Related Post