कोरिया खबर

नोभेम्बर २४ मा ८३ जना प्रतिबद्द कामदारको उडान हुँदै।

सिओल

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७८ मंसिर ०६ गते (22 Nov, 2021) सोमबार सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । संलग्न नामावली सूचिमा भएका व्यक्तिहरुले उडान पुर्व गर्नु पर्ने आवश्यक तयारी गरी तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको निर्धारित उडान तालिका प्रभावित हुन सक्ने व्यहोरा जानकारी गराईन्छ ।

कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू:-

१. रोजगार अनुमती प्रणाली व्यवस्थापन शुल्क वापत माछापुच्छ्रे बैंकमा इ.पि.एस. कार्यालयको खाता न २३०१५२४३७४०१५०१७ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।

२. एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. २५०० जम्मा गरेको बैंक भौचर ।

३. वैदेशिक रोजगार विभागमा सूचिकृत रिलायबल लाइफ इन्स्योरेन्स कंम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कंम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कंम्पनी, एल.आई.सी लाइफ इन्स्योरेन्स कंम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कंम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कंम्पनी, एशियन लाइफ इन्स्योरेन्स कंम्पनी मध्ये कुनै एकबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बिमा गरेको बिमालेखको प्रतिलिपि ।

४. यस शाखामा सूचिकृत विमा कम्पनी मध्ये कुनै एकबाट कोभिड जोखिम विमा गरेको विमालेखको प्रतिलिपि ।

५. गणतन्त्र कोरिया पुगेपछि १० दिन आफ्नो खर्चमा क्वारेन्टाईन बस्नु पर्ने भएकोले क्वारेन्टाईन खर्च वापत तोकिएको रकम (यू.एस.डलर) अनिवार्य रुपमा व्यवस्थापन गर्नु पर्नेछ ।

बिस्तृत लिङ्क :

http://epsnepal.gov.np/documents/final-entry-list-for-cw-on-24-nov2021-%e0%a4%ae%e2%80%8c%e0%a4%82%e0%a4%b8%e0%a4%bf%e0%a4%b0-%e0%a5%ae%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%ae/

Author Since: Dec 06, 2019

Related Post