इपिएस संघर्ष समितिले श्रममन्त्रीलाई भेटेर दियाे यी सुझावहरु
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
इपिएस पिडित संघर्ष समितिकाे एक टाेलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठसँग भेटघाट गरेकाे छ ।समग्र श्रमिकका समस्या संग केन्द्रित रहेर ध्यानाकर्षण पत्र सहित भेटघाट गरेको हाे ।
लामाे समय सम्म दक्षिण काेरिया जान नपाएका नेपाली श्रमिकको समस्या तथा काेरियाले नेपाली श्रमिक थप गर्नुपर्ने, ईपिएस प्रणालीलाई व्यवस्थित र विश्वासिलो बनाउने, प्रक्रिया पूरा गरेका सबै श्रमिकलाई सुरक्षित तरिकाले गन्तव्यमा चाडै लैजानुपर्ने लगायतका सुझावहरु टाेलीले दिएको छ ।
इपिएस संघर्ष समितिका अध्यक्ष अजय साेडारीकाे नेतृत्वमा गएको टाेलीले भैसेपाटि स्थित UBT भवनको उदघाटन अनि हस्तान्तरण ,श्रमिकको चापलाई मध्यनजर गरेर उडान संख्या बढाउने ,महिला दिदिबहिनीको समस्या, रोस्टर डेट थप, दुई देश विचको आपसी सम्झौता MOU नविकरण लगायत अन्य बिषय गम्भीर र घनिभुत ढंगले उठान गरेकाे जनाएको छ । भेटमा मन्त्री श्रेष्ठले यी बिषय समाधान गर्न लागि परेको बताएका थिए ।
हाम्रा खबर