अब आफ्नै देशको झण्डा अंकित नेपाल एअरलाइन्सबाटै कोरिया जान सकिने
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
नेपाल एअरलाइन्सले आफ्ना जहाज सिधा नजाने देशहरुमा समेत उडान संजाल थपेको छ। एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने गरि व्यवस्था मिलाएको छ। नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता गरिएको छ।
जसअनुसार अब यूरोपका विभिन्न शहरहरु, अष्ट्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सउलसम्म यात्रा गर्न सकिने नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन। सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन्।
यी सम्झौताबाट यूरोप, अष्टे्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा काठमाडौंबाट उडानको टिकट लिइन सकिने भएको छ। सकेसम्म कम ट्रान्जिट समय राखेर यस्तो सम्झौता गरिएको समेत श्रेष्ठको भनाइ छ।
यसले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा लिइएको छ। टिकटहरु निगमको केन्दि्रय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने भएको छ।
नेपाल एयरलाइन्सले अमेरिकी शहरहरुमासमेत यस्तै सम्झौताबाट उडान विस्तारको तयारी भइरहेको समेत जनाएको छ। एअरलाईन्सले बढि नेपाली आवत जावत हुने विश्वका विभिन्न स्थानहरु जहाँ आफ्नो सिधा उडान छैन त्यस्ता शहरहरुमा अन्य वायुसेवा कम्पनीहरुसँगको सहकार्यमा उडान सन्चालन गर्ने तयारी गरिरहेको छ। हेरौं कुन कुन देशमा नेपाल एअरलाइन्सले उडान थप गरेको छ।