कोरिया खबर

जनवरी सम्म काेरिया कति नेपाली कामदार पुग्छन् त ? यस्तो छ मन्त्री श्रेष्ठको दावी

सिओल

सरकारले दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको जानकारी दिएको छ। अघिल्लो महिना बाट कमिटेड कामदार पठाउन सुरु भएको र अब भाषा परीक्षा पास गरि प्रक्रिया पुरा गरेका कामदार पनि सँगसँगै पठाउन सुरु गरिएको सरकारले बताएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आगामी जनवरीसम्म ६ सय जना कामदार कोरिया पठाइने जानकारी दिए। नेपाल सरकार र दक्षिण काेरिया बिच कामदार पठाउने विषयमा अत्यन्तै राम्रो समझदारी भएकोले अब विगतको जस्तो अलमल नहुने मन्त्री श्रेष्ठले बताए ।

वैदेशिक राेजगारीकाे लागि आकर्षक गन्तव्यकाे रुपमा मानिने दक्षिण काेरियामा नेपाली श्रमिककाे काेटा बढाउन पनि पहल गरिने मन्त्री श्रेष्ठले बताए ।

चिनियाँ र रुसी सैन्य विमान विना सुचना कोरिया प्रवेश गरेपछी !

सिओल

शुक्रबार दक्षिण कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन ( KADIZ) क्षेत्रमा विना सुचना २ चिनियाँ र सात रुसी सैन्य विमान प्रवेश गरेपछी कोरियाली वायुसेनाका लडाकु हरुलाई त्यस क्षेत्रमा हाई अलर्ट पारिएको छ।

शुक्रबार विहान ११ बजे र दिउसो ४:३८ बजे दक्षिण कोरियाको सुदुर पुर्वी टापु दोक्दो को उत्तर पुर्वी दिशाको कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा विना सुचना प्रवेश गरेपछी उच्च शतर्कता अपनाईएको थियो।उनिहरु मध्ये कुनैपनि देशको क्षेत्रिय वायु क्षेत्रको उल्लङ्घन नगरेको संयुक्त सेना प्रमुख ( JCS ) ले जानाकारी दिएको छ।

कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा ति सैन्य विमान करिव १० मिनेट उडान भरेका थिय।जेसियस ले आकस्मिक सैन्य तयारी स्वरुप कोरियाली सेनाको F-15,F-16 लडाकु विमान र KC-330 ट्याक्कर प्लेन आफ्नो सैन्य रणनिती स्वरुप तैनाथ अवस्थामा राखेको थियो।

ट्याङ्कर प्लेन परिचालन गरेको कोरियामा यो पहिलो घटना हो।चिनियाँ अधिकारी हरुले दक्षिण कोरियाली सेनालाई आफुहरुले नियमित अभ्यास गरेको सन्चार हटलाईन मार्फत जानाकारी दिएका छन।

Author Since: Dec 06, 2019

Related Post