उत्कृष्ट प्रविधिका साथ सस्तो स्मार्टफोन सार्वजनिक गर्दै सामसङ
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
सामसङले सन् २०२१ को अन्तिम फोनका रुपमा ए०३ सार्वजनिक गर्ने भएको छ । उत्कृष्ट प्रविधिका साथ भित्रिने सामसङ ग्यालेक्सी ए०३ हालसम्मकै सम्मकै सस्तो स्मार्टफोन हुने बताइएको छ ।
यो फोनमा ६.५ इन्चको एचडी डिस्प्ले हुनेछ । ५००० एमएएचको शक्तिशाली ब्याट्रीका साथ आउने फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
फोन ३ जीबी र्याम ३२ जीबी स्टोरेज, ४ जीबी र्याम ६४ जीबी स्टोरेज र ४ जीबी र्याम १२८ जीबी स्टोरेज गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।
फोनका फिचर सार्वजनिक भएता पनि हालसम्म यसको मूल्य भने सार्वजनिक भएको छैन् । तर पनि यो फोनको मूल्य १९५ अमेरिकी डलर हुने अनुमान गरिएको छ । यद्यपि यो तीनवटै मोडल सबै देशमा उपलब्ध नहुन सक्ने जनाइएको छ ।
प्लास्टिक बडी युक्त यो फोन रातो, निलो र कालो रंगमा उपलब्ध हुने उल्लेख छ ।