कोरिया प्रवेश गर्ने सबै १० दिन अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने !
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
दक्षिण कोरियाले आफनो देश प्रवेश गर्ने विदेशी नागरिक तथा स्वदेशी नागरिकहरुको लागी क्वारेन्टाइन सम्बन्धि नयाँ नियम लागु गर्ने भएको छ । नयाँ कोरोना भाइरसको जोखिम बढे सँगै कोरियाले दश दिन अनिवार्या क्वारेन्टाइन बस्नुपर्ने नियम सुरु गरेको हो ।
डिसेम्बर ३ तारिख देखि डिसेम्बर १६ तारिखसम्म २ हप्ताको लागी कोरिया प्रवेश गर्ने सबै विदेशीहरु ,बिदेशबाट स्वदेश फर्कने दक्षिण कोरियन नागरिक लगायत सबैलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरिएको हो ।
कोरोनाको नयाँ भेरियन्ट कोरिया प्रवेश गरि फैलन सक्ने भन्दै कोरिया सरकारले यस्तो नियम लागू गरेको हो। इपिएस अन्तर्गतका देशहरूबाट जाने कामदारहरुको हकमा भने यस अघी नै १० दिनको लागी अनिबार्य रुपमा क्वारेन्टाइन बस्नुपर्थ्यो ।
कोरियाको स्वास्थ्य मन्त्रालयबाट आज जारी क्वारेन्टाइनको नयाँ नियमसँगै दक्षिण कोरियाले प्रतिबन्धित अफ्रिकी ८ देशहरु बाहेक नयाँ भेरीयन्टको संक्रमण नदेखिएका र इपिएस अन्तर्गतका मुलुकहरुको आबागमनमा भने तत्कालै कुनै प्रकारको बन्देज लगाउने अबस्था र रोक्ने संकेत भने हाललाई देखिएको छैन ।
कोरिया छिर्यो ओमिक्रोन,शतर्कता अपनाउन अनुरोध
दक्षिण कोरियाले बुधवार ओमिक्रोन भेरियन्ट संक्रमणको पहिलो केस पुष्टि गरेको छ।
दक्षिण अफ्रिकी मुलुकबाट फैलिएको कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्ट भाइरसको फैलावटले कोरियामा महामारीलाई थप बढाउन सक्ने दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन।
हिजो मात्रै दक्षिण कोरियामा अहिले सम्मकै सबैभन्दा धेरै कोरोना सङ्क्रमण साथै गम्भिर बिरामीहरुको सङ्ख्या पनि अहिले सम्मकै सर्वाधिक बढी देखिएको थियो।
सियोलको पश्चिममा रहेको ईन्छनमा बस्ने ४० वर्षका एक विवाहित दम्पती र उनीहरूका साथीहरुको आनुवंशिक अनुक्रम परीक्षण( जेनेटिक सिक्वेन्सिङ परिक्षण)मा ओमिक्रोन भेरियन्ट देखा परेको पुस्टी भएको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी (केडीसीए) ले बताएको छ।
स्वास्थ्य अधिकारीहरूले उनिहरुमा कोभिड १९ कोओमिक्रोन भेरियन्ट संक्रमण पुस्टी भएपछी दम्पतीको छोरा सहित चार व्यक्तिहरूमा परीक्षण गरेका छन।उनका छोराको नतिजा बिहीबार सार्वजनिक हुने बताइएको छ ।
ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको आशंकामा अन्य तीन जनाको परीक्षण गरिएको थियो र उनीहरूको परीक्षणको नतिजा शनिवार सम्म आउने केडिसिए ले बताएको छ।
पुरा डोज खोप लगाएका दम्पती नोभेम्बर १४ देखि २३ सम्म नाइजेरिया गएका थिए,उनिहरु नाईजेरिया बाट फर्केपछी पिसिआर परिक्षण गर्दा उनिहरुमा ओमिक्रोन भेरियन्ट फेला लागेको दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन।
यससंगै पछिल्लो समय खतरनाक मानिएको ओमिक्रोन भेरियन्ट कोरिया छिरेको छ।केडिसिए ले उच्च शतर्कता अपनाउन आग्रह गरेको छ।