जाडोमा ओंठ फुट्ने समस्याले सताएको छ ? अपनाउनुहोस् यस्तो उपाय
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
जाडो सिजनमा ओंठ र छाला फुट्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ। चिसोले गर्दा छाला सुख्खा भई फुट्ने गर्दछ। ओंठका अलवा गाला र कुर्कुच्चा पनि फुट्ने र दुख्ने पीडा जाडो सिजनमा हुने गर्दछ।
यसकारण ओंठ, गाला र छाला फुट्नबाट जोगाउन केही घरेलु उपचार पद्दतिहरु पनि छन्। घरेलु उपचार विधिका अलवा सन्तुलित खानामा पनि जोड दिनुपर्दछ। चिल्लोयुक्त घिउ, दूध र तातो सुपहरुको सेवनले पनि छाला फुट्ने समस्या केही हदसम्म नियन्त्रण हुन्छ।
पुरुषको तुलनामा प्रायः महिलामा ओंठ फुट्ने समस्या बढी देखिन्छ । यद्यपि, केही सामान्य घरेलु उपाय अपनाए ओठ फुट्नबाट बच्न सकिन्छ ।
– ओंठ बेलाबेलामा चुस्ने वा चाट्ने बानी राम्रो होइन । यसो गर्दा ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पुर्याउँछ ।
– घर बाहिर निस्किँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन ।
– बाहिरी वातावरणमा जाँदा लिपगार्ड वा लिपिस्टिक लगाउँदा पनि ओँठ फुट्नबाट बच्न सकिन्छ ।
– पानी धेरै पिउनु पनि यो समस्याबाट बच्ने उपाय हो ।
– दैनिक बदाम र सुन्तला सेवन गर्दा पनि यस समस्याबाट बच्न सकिन्छ ।
– विभिन्न घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाँउनुपर्छ ।