कोरिया खबर

माओबादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको नेतृत्व कठायतलाई

सिओल

सौल। नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशनले इश्वर कठायतको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ।

आइतबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा तथा उपाध्यक्षमा राजु श्री, राजेन्द्र दुलाल, गोकुल प्रसाद दङ्गाल, निर्मला खड्का र खगेन्द्रराज खनाल चयन भएका छन्।

यसैगरी महासचिवमा प्रविण गिरी, सचिवमा अभिषेक सापकोटा, हिमाल खनाल, रामबहादुर तामाङ, रुद्र थापा र सुबिन्द्र मगर चुनिएका छन्।

यस्तै कोषाध्यक्षमा बुद्धिबहादुर तामाङ चयन भएका छन् भने सह–कोषाध्यक्षको जिम्मेवारी एसपी अधिकारीले पाएका छन्।

त्यसैगरी सदस्यहरूमा केबी चाम्लिङ, दिपेन्द्र बहादुर रोकाया, होताराम ओली, शिव आचार्य, हर्क लिम्बु, राम उपाध्याय, कृष्णप्रसाद न्यौपाने, अर्जुन खत्री, रामसिंह बिष्ट र धनजित बाइबा निर्वाचित भएका छन्। रिक्त केही सदस्य कार्यसमितिले पछि चयन गर्ने बताइएको छ।

दिलिप धितालको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन जीवन खतिवडाले गरेका थिए भने स्वागत चुडामणि अधिकारीले गरेको नवनिर्वाचित सचिव हिमाल खनालले प्रवास खबरलाई जानकारी दिए।

अधिवेशन माओवादी प्रवास विभाग प्रमुख ओम शर्माको उपस्थितिमासम्पन्न भएको थियो। जसमा एनआरएनए कोरिया अध्यक्ष दिपक पुनको पनि आतिथ्यता रहेको थियो।

Author Since: Dec 06, 2019

Related Post