पहिले कोरियालाई चामल पठाउँथ्यौँ, अहिले कामदार : पूर्वमन्त्री लेखक
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
पूर्व श्रममन्त्री तथा कांग्रेस नेता रमेश लेखकले पहिले खाद्यान्न निर्यात गर्ने नेपालले अहिले कामदार पठाइरहेको बताएका छन् ।
आप्रवासी कामदारका समस्यालाई केन्द्रमा राखेर कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर आइएमई माइग्रेसन एन्ड रेमिट समिट २०२१’ को चौथो सत्र ‘गाउँ बसौँ कि फर्की जाउँ’ मा लेखकले श्रमिक पठाउने कुरामा जोड दिए पनि श्रमिकहरू फर्किसकेपछि के गर्ने भन्ने विषयमा ध्यान दिन नसकेको टिप्पणी गरेका हुन्।
‘पहिले हामी कोरियामा चामल पठाउँथ्यौं। अहिले कोरियामा कामदार पठाउँछौं र भारतबाट चामल किनेर खान्छौं,’ उनले भने, ‘हामीले श्रमिक पठाउने कुरामा जोड दियौँ तर श्रमिकहरू फर्किसकेपछि के गर्ने भन्ने विषयमा ध्यान दिएनौँ।’
त्यस्तै श्रमिकले ल्याएको सीप र पुँजीको उपयोगमा पनि सरकार चुकेको उनको टिप्पणी छ। ‘श्रमिकले ल्याएको सीप र पुँजीको उपयोगमा हामी चुकेका छौं। हामीले विदेशबाट फर्किएर आउने युवालाई ऋण दिन्छौं त भन्यौं तर कतिजनालाई दिने भन्ने टुंगो छैन। लाखौं फर्किन्छन् केवल हजारले ऋण पाउने अवस्था छ,’ उनले भने।कान्तिपुर बाट