कोरिया खबर

फाइदा हुन्छ भन्दैमा गैरकानुनी माध्यमबाट रेमिट्यान्स पठाउनु भएन : गभर्नर

काठमान्डौँ

फाइदा हुन्छ भन्दैमा रेमिट्यान्स पठाउन गैरकानुनी माध्यम रोज्न नहुने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । ‘औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा भन्दा अनौपचारिक माध्यमबाट पठाउँदा थप लाभ त होला तर, त्यसबाट धेरै हानी पनि छ,’ उनले भने, ‘त्यो बारेमा धेरैले सोचेको देखिँदैन ।’

तत्कालको लाभ देखेर केहीले अनौपचारिक माध्यममार्फत रेमिट्यान्स पठाउने गरेको उनले स्वीकारे। यद्यपि हुन्डी लगायत माध्यमबाट आउने रेमिट्यान्सलाई कसरी कम गर्न सकिन्छ भन्ने बारे राष्ट्र बैंकले थप अध्ययन गर्ने पनि उनले बताए।

अनौपचारिक माध्यमबाट आएको पैसाको स्रोत नहुने भएकाले सम्पत्ति जोड्न, कर तिर्ने लगायतमा विषयमा समस्या हुने उनको भनाइ छ।घरायसी खर्च र परिवारको अवस्था सुधार्न रेमिट्यास प्रयोग भइरहेको उनले बताए। रेमिट्यान्सको दुरुपयोग नभएको उनको भनाइ छ।

कोरियामा हिँउमा कार चिप्लिएर ३ विदेशी कामदारको मृ’त्यु

मध्य दक्षिण कोरियाको बरफ जमेको सडकमा दृघटनाग्रस्त चिप्लिएको गाडीलाई उद्दार गर्न सडकमा निस्किएका तीन आप्रवासी कामदारलाई बरफ जमेको सडकमा अर्को गाडी चिप्लिएर ठक्कर दिँदा ३ विदेशी कामदारको मृ’त्यु भएको प्रहरीले मंगलबार बताएको छ।

सियोलबाट करिब ८५ किलोमिटर दक्षिणमा रहेको आसान सहरमा सोमबार साँझ चार जना – दुई रुसी, एक जना उज्बेक र एक काजाकिस्तानी कामदार चिप्लो सडकमा फसेको १ टनको मालबाहक ट्रकको फिलिपिनो चालकलाई मद्दत गर्दै गर्दा दुर्घ’टना भएको हो। ।

चारैजना आफ्नो सोरेन्टो एसयूभीबाट घर जाँदा बाटोमा फिलिपिनो चालक हिंउमा चप्लिएर ट्रक सहित फसेको देखेपछी उनिहरुले ट्रक चालकलाई मद्दत गर्न गएका थिए।

त्यसपछि हिउँको बाटोमा चिप्लिएको अर्को गाडीले उद्दार गर्दै गर्दा चिप्लिएर पाँचै जनालाई ठक्कर दिएको थियो ।

ट्रक चालकको घटनास्थलमै मृत्यु भएको थियो, र चार एसयूभी यात्रुहरूलाई घाइ’ते अवस्थामा अस्पताल पठाइयो, तर तीमध्ये दुई जनाको अस्पतालमा मृ’त्यु भयो। अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Author Since: Dec 06, 2019

Related Post