कोरिया खबर

दक्षिण कोरिया र मंगोलियाका नागरिकबिच बढ्दो दुश्मनी सतहमा: ३ जना विदेशी विद्यार्थीमथि फेरी आक्रमण, एक जना कोरियाली पक्राउ ।

सिओल

मंगोलिया र कोरियाली नागरिक विचको दुश्मनी सतहमा आएको छ। आइतबार घटेको यस घटनाले झन विवाद सतहमा आएको हो। दक्षिण कोरियामा अध्ययनरत विद्यार्थीहरुलाई विदेशी भन्दै गरिने भेदभावले एक अर्को देशबिच नै विवाद सिर्जना गरेको देखिन्छ ।

केही घटनाहरु पहिले सामान्य हुने गरेतापनि आइतबार भने एक जना कोरियाली नागरिकले ३ जना विदेशी विद्यार्थीहरुलाई निर्घात कुटपिट गरेको आरोपमा हिरासतमा लिएपछि उक्त घटना सतहमा आएको हो।उक्त व्यक्तीले तीन मङ्गोलियन पुरुष विद्यार्थीलाई कुटपिट गरेपछि हिरासतमा लिइएको सउल प्रहरीले जनाएको छ ।

राजधानी सउलस्थित गंगनम सिन्नोनह्योन स्टेशन नजिक आइतवार बिहान 3:20 बजे ३ जना विदेशी विद्यार्थीहरुमाथि आक्रमण भएको थियो । हाल आक्रमणमा संलग्न भएकाहरुको पहिचान गर्न उक्त व्यक्तीसंग प्रहरी हिरासतमा सोधपुछ भइरहेको छ।

प्रहरीका अनुसार आक्रमणमा अन्य व्यक्तिहरू पनि संलग्न भएको हुन सक्ने आशंका गर्दै अन्य संलग्नहरुको खोजी कार्य तीव्र पारिएको छ।

यो घटनाले कोरियाली र मङ्गोलियाली नागरिकहरूबिच बदलाको भावना निम्त्याउने खतरा झन बढेको प्रहरीले बतायो। अनुसन्धानमा क्रममा विभिन्न घटनाक्रमहरु देखा परेको प्रहरीको भनाई छ।

पहिलो घटना

गत बर्षको जुलाई महिनाको सुरुमा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समूहले आफ्ना सहपाठीलाई निर्ममतापूर्वक आक्रमण गरे र उनीहरूले सो आक्रमणको भिडियो रेकर्ड गरी अनलाइन राखिदिए जुन एकदमै भाइरल भएको थियो।

दोस्रो घटना

पहिलो घटना घटेको केही दिनपछि मंगोलियाको राजधानी उलानबाटारमा मङ्गोलियन नागरिकहरूले एक कोरियाली नागरिकमाथि आक्रमण गरे।

तेस्रो घटना

दक्षिण कोरियामा मङ्गोलियन युवतीमाथि आफू कोरियाली नागरिक हो भनेको निहुमा कोरियाली नागरिकले कुटपिट गरे।

यो घटना भएलगतै संचारमाध्यमहरुमा खवर फैलिएको भोलिपल्ट मंगोलियाको राजधानी उलानबाटारमा रहेको कोरियाली दूतावास अगाडि विरोध प्रदर्शन गर्न र्‍याली निकालिएको थियो।घटनाहरू बीचको कुनै सम्बन्ध पुष्टि भएको छैन, तर कोरियामा विदेशी र आप्रवासीहरू विरुद्ध भेदभावको आलोचना गरिएको छ।

राष्ट्रिय युवा नीति संस्थानले भर्खरै गैर-कोरियाली पृष्ठभूमि भएका विद्यार्थीहरूमा सर्वेक्षण जारी गर्‍यो र पत्ता लगायो कि विदेशी वा मिश्रित घरपरिवारका 27 प्रतिशत विद्यार्थीहरूले भेदभावको अनुभव गरेका छन्।
kdramainfo

Author Since: Dec 06, 2019

Related Post