कोरियामा छायाँकन गरिएको नबिन बिश्कर्माको ” यादमा ” भिडियो सार्वजनिक
- by siddhartha@post
- 2 years ago
- 0 comments

सौल कोरिया-
दक्षिण कोरियामा छायांकन गरिएको “याद ” नामक म्युजिक भिडियो सार्बजनिक भएको छ। जुन गीत नवीन बिश्वकर्माको संगीत ,शब्द र समधुर आवाजमा रहेको छ । उक्त गितको म्युजिक भिडियोको छायाँकन तथा निर्देशनमा इजोक थापा मगरले भिडियोलाई उत्कृष्ट बनाएका छन। एक तर्फी प्रेम कथा बोकेको भिडियोमा स्वयंम गायक नवीन बिश्वकर्मा, प्रमिला कार्कि र प्रीन्स राजपुत चौहानले दमदार अभिनय प्रस्तुत गरेका छन।
कलाकारितामा आफुलाइ चिनाउन, इजोक थापा मगरको निर्देशीत भिडियो मार्फत मोडलिङ क्षेत्रमा उदाएका प्रीन्स चक्लेटि अनुहार र राम्रो अभिनय गर्न सक्ने मोडल हुन ,उनले आउने दिनहरुमा सबैको मन जित्न सक्ने एक राम्रो कलाकारिता सम्भावना बोकेको देख्न सकिन्छ । त्यस्तै उनलाई प्रमिला कार्किले साथ दिएकी छन ।
केही समय यता दक्षिण कोरियामा राम्रा गीत्त तथा म्युजिक भिडियोहरु बन्ने क्रम बढीरहेको छ । प्रवासमा भएपनी आफ्नो प्रतिभा उजागर गर्नु र कला र कलाकारितालाई निरन्तरता दिनु सम्पुर्ण कलाकारहरुको लागी सकारात्मक पक्ष रहेको पाईन्छ ।
म्युजिक भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस :