जापानको लाहुरे बन्न छाडेर बाख्रापालन, सुरूमा कसैले ऋ’ण पत्याएनन् !
- by siddhartha@post
- 2 years ago
- 0 comments

बागलुङ
बागलुङको गलकोट नगरपालिका क्षेत्रका विभिन्न पहिचान छन् । धेरै पहिचान मध्य झ’ट्ट सम्झने पहिचान हो‘लाहुरे’हरुको क्षेत्र ।
हुन पनि त्यस क्षेत्रका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा नगएको परिवारका सदस्य पाउन कठीन हुन्छ । जापानीज लाहु’रेहरुको भीडबाट अलगै रहेर कृषि कर्मलाई आफ्नो जीवन नि¥र्वाहको
बाटो बनाउनुभएको छ, गलकोट नगरपालिका–७ टोकरीका विष्णु थापा । वैदेशिक रोजगारमा जाने लहरबाट भिन्न रहेर थापाले विगत दश बर्षदेखि टोकीमा व्यवसायिक रुपमा बाख्रा पाल्दै आउनुभएको हो । उहाँलेको खोरमा हाल ४५ वटा माउ, पाठा बाख्रा छन् ।
सानैदेखि आफ्नो ठाउँमा उत्पादन मुलक काम गर्ने इच्छा भएको हुँदा इच्छा अनुसार कै कर्मलाई जीवन नि¥र्वाहको अ’स्त्र बनाएको उहाँले बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएको बेला वैदेशिक रोजगारीमा जाने योजना बनाए पनि
सफलता मिलने’उहाँले भन्नुभयो–पहिलो प्रयास असफल भए पछि विदेश जाने विषय मनमा लिनै छोडे ।’ आफ्नै गाउँ ठाउँमा बसेर उद्यम गर्दा पनि जीवन निर्वाहको लागि कठिन नहुने थापाको भनाई छ ।
‘हाम्रो गाउँमा विदेश नगएको घरै छैन’ उहाँले भन्नुभयो–‘बाख्रा पालनलाई आधुनि’कीकरण गर्दै व्यवसायलाई थप व्यवस्थित गर्ने योजना छ । आफ्नै घरमा व्यवसायक गरे बार्षिक चार÷पाँच लाख रुपियाँ आम्दानी गर्न सकिने थापाको भनाई छ ।
‘सुरुमा बा्रखा पालन गर्दा कसैले ऋण पत्याएनन’ उहाँले भन्नुभयो– ‘जापान जान्छु भन्दा जसले नि ऋण दिन्थे, तर व्यवसाय गर्न पत्याएनन ।’ विदेश नै जानुपर्ने सामाजिक परिवेशले गर्दा आफ्नो ठाउँमा काम गर्ने युवालाई प्रोत्साहन नमिलनेको उहाँका गु’नासो छ ।